१–राति अबेरसम्म ज्ञानको सागरमा डुबुल्की मार्ने अध्ययनशील माओ

आठ वर्षको उमेरदेखि मात्रै स्कूलको अनुहार देख्न पाएका चिनियाँ क्रान्तिका महानायक तथा विश्वकै उत्पीडित जनताका गुरु माओ त्से तुङ सानैदेखि प्रतिमाशाली विद्यार्थी हुनुहुन्थ्यो । अक्षर चिन्न थालेको लगत्तै साढे दुईहजार वर्ष पहिलेका धार्मिक गुरु कन्फ्यूशियसका चारवटै मूल ग्रन्थहरु कण्ठ गर्नुभएका माओले सानैदेखि नै आफूलाई स्कूलको शिक्षाको घेराभित्र मात्रै सीमित गर्नुभएन ।

हार्दिक शुभकामना !

पुराना ग्रन्थहरुको अध्ययनका साथै उहाँले नयाँ किताबहरुको अध्ययनलाई पनि तेज पार्नुभयो । बाल्यकालको सम्झना गर्दै उहाँ भन्नुहन्छ स् “मलाई केवल पुराना चिनियाँ रोमान्टिक कथाहरु, साहसिक यात्रा र विद्रोहका कथाहरु मन पर्दथ्यो । इमान्दार खरायोका कथाहरु, थांग–वंशविरुद्ध विद्रोहका कहानीहरु, जल लट, तीन राज्य तथा पश्चिमका तीर्थयात्री ९सातौं शताब्दीमा हु–एन साङको यात्रा० जस्ता सबै रचनाहरु मैले निक्कै कम उमेरमा आफ्ना बृद्ध शिक्षकको आँखा छलीछलीकन पढेको थिएँ ।” गाउँले स्कूलमा बृद्ध शिक्षकले जुन जुन किताब पढ्नु भनेको व्यर्थ र हानिकार भन्नुहुन्थ्यो, त्यहीं त्यहीं उहाँले किताब खोजी खोजीकन अवश्य पढ्नुहुन्थ्यो । पछि ती किताबहरुको बारेमा माओले भन्नुभएको छ– “त्यस्ता पुस्तकहरुले मलाई निकै गहिरोसँग छाप पारेका छन् ।”

तत्कालीन शासकद्वारा प्रतिबन्धित यस्ता किताबहरुसमेत पढ्दै औपचारिक शिक्षा पनि ग्रहण गर्ने क्रम अगाडि बढाउनुभएका माओले १३ वर्षको उमेरमा प्राथमिक स्कूल छाडेपछि पनि स्व–अध्ययनको क्रम छोड्नुभएन । दिन–रात घर र खेतको काम गर्दै उहाँले राती राती आफ्नो कोठाका झ्याल–ढोका बन्द गरेर दियोको प्रकाशमा राति अबेर–अबेरसम्म आफ्ना पिताको आँखा छलेर पढ्नुहुन्थ्यो । यसरी नै लुकीलुकीकन पढ्ने क्रममा उहाँले ‘चेतावनीको शब्द’ नामक नयाँ सुधारवादी पुस्तक पढ्नुभयो, जसले उहाँको विचारलाई फराकिलो पा(यो । रोमान्टिक कथाहरु, नयाँ नयाँ विचारले भरिपूर्ण किताबहरु पढ्दै जाँदा उहाँलाई पढाइले क्रमशः प्रभावित पार्न थाल्यो र अनि उहाँ पनि हरेक कुरामाथि सन्देह गरी हेर्ने अनि किताबका कुराहरुमाथि पनि सोचविचार गर्ने मान्छे हुन थाल्नुभयो ।

माओले नयाँ नयाँ किताबहरुको अध्ययनबाट नयाँ नयाँ जीवन र जगतका पढाई गरिरहनुभयो । फेरि शुरु भएको स्कूले–अध्ययनको क्रममा आफूलाई पाठ्यपुस्तकको सीमित घेराभित्रमात्रै संकुचित पार्नुभएन । नयाँ विचार, नयाँ संसार पढ्ने भोकले नराम्ररी सताइएका माओले आफ्नो साथीबाट ल्याङ छी छाओद्वारा लिखित ‘नयाँ जन–रचनावली’ नामक किताब र खाङ–यू–वेइको सुधार आन्दोलनसम्बन्धी पुस्तक पढ्ने अवसर पाउनुभयो ।
१३ वर्षदेखि १६ वर्षको उमेरसम्म घरायशी काममै अल्झिरहँदा खेरी पनि माओको हातमा चीनलाई विदेशी राज्यहरुद्वारा विभाजन गरिने खतरा नामक पुस्तिका आईपुग्यो । त्यस पुस्तिकाको पहिलो पृष्ठको पहिलो बाक्यले उहाँको मनमा नमेटिने छाप छोड्यो स् ‘हाय् चीन सर्वनाशको बिन्दूमा छ १’

त्यस पुस्तिकाको पटक–पटकको अध्ययनपछि उहाँले निर्णय गर्नुभयो स् “म आफ्नो देशलाई बचाउने काममा आफ्नो जीवन अर्पण गर्नेछु ।”

माओले नयाँ नयाँ किताबहरुको अध्ययनबाट नयाँ नयाँ जीवन र जगतका पढाई गरिरहनुभयो । फेरि शुरु भएको स्कूले–अध्ययनको क्रममा आफूलाई पाठ्यपुस्तकको सीमित घेराभित्रमात्रै संकुचित पार्नुभएन । नयाँ विचार, नयाँ संसार पढ्ने भोकले नराम्ररी सताइएका माओले आफ्नो साथीबाट ल्याङ छी छाओद्वारा लिखित ‘नयाँ जन–रचनावली’ नामक किताब र खाङ–यू–वेइको सुधार आन्दोलनसम्बन्धी पुस्तक पढ्ने अवसर पाउनुभयो । यसको अध्ययनपछि उहाँ ती पुस्तकका लेखकहरुको भक्त नै हुनुभयो । स्व–अध्ययनको क्रममा उहाँले आफ्नो प्रिय विषय– चिनियाँ प्राचीन साहित्य र चीनको इतिहासको अध्ययनपछि ‘संसारका वीर र महापुरुषहरु’ नामक पुस्तक अध्ययन गर्नुभयो । जर्ज वाशिंगटनदेखि नेपोलियन, रुसो, लिंकनका साहसिक र प्रेरक जीवनीहरु भएको सो पुस्तकको अध्ययनपछि उहाँले आफूलाई किताब दिने साथीलाई भन्नुभयो– “हरेक देशका हरेक मानिसहरु आफ्नो देशको भाग्यको फैसला गर्न सक्षम छन् ।”

शुरुमा निरंकुश राजतन्त्रविरुद्ध डा। सन् यात सेनद्वारा चलाइएको क्वो मिङ ताङ आन्दोलनबाट प्रभावित माओले जिन्दगीको पहिलो लेख लेखी स्कूलको भित्तामा टाँस्नुभएको थियो । त्यसको ‘जनशक्ति’ पत्रिका पढेर आन्दोलित भएका माओले क्वो मिङ ताङ विद्रोहमा भाग लिनुभएको थियो । डा। सन यात सेनको सन् १९११ को क्रान्ति असफल भएपछि १९१२ देखि १९१८ सम्म उच्च शिक्षा अध्ययन गर्नुभयो । त्यसैबीच पाठ्यपुस्तकको अध्ययनभन्दा बेसी स्व–अध्ययनप्रति विश्वस्त भइसकेका माओले रात–दिन पुस्तकालयमा गएर अध्ययन गर्न थाल्नुभयो । उहाँले चाङ्शाको प्रादेशिक पुस्तकालयमा बिहान ढोका खुलेदेखि साँझ बन्द नभएसम्म किताबी अध्ययन शुरु गर्नुभयो । उहाँले कहिंकतै नरोकीकन दिन–दिनभरि ६ महिनासम्म आफ्ना रुचिका किताबहरु अध्ययन गर्न थाल्नुभयो । उहाँले चीन र विश्वको प्राचीन साहित्य, इतिहास, दर्शनदेखि भूगोल र अर्थशास्त्रका किताबहरु अध्ययन गर्नुभयो । उहाँ अध्ययनको सम्बन्धमा आफ्नो जीवनको यो ६ महिनालाई अत्यन्त मूल्यवान सम्झनुहुन्थ्यो ।

पाँच वर्षसम्म कलेजको अध्ययन र स्व–अध्ययनसँगै उहाँले चिनियाँ जीवन पनि पढ्न थाल्नुभयो । विद्यार्थी संगठनका गतिविधिहरुमा पनि क्रियाशील माओले निबन्ध लेख्ने काम थाल्नुभयो ।

राति अबेरसम्म ज्ञानको सागरमा डुबुल्की मार्ने क्रममा सानो दियोको भरमा बिहान–बिहानसम्म पनि स्व–अध्ययन गर्नुभयो, जसले उहाँको ज्ञानको भण्डारलाई वृद्धि गर्नथाल्यो । सामाजिक विज्ञान, प्राकृतिक विज्ञान र चीनको इतिहासका सिलसिलेवार अध्ययनको क्रममा माओद्वारा तयार गरिएका नोटबुकहरुले एउटा ठूलो बाकस नै भरिएको थियो ।

माओ भन्नुहुन्थ्यो – “शूये वेन् ९अध्ययन० शब्द निकै महत्वपूर्ण छ, यसमा शूये ९अध्ययन० र वेन् ९प्रश्न० दुवै शब्द एकसाथ आउँछन् ।” प्रश्नले भरिएको अध्ययनकै सिलसिलामा उहाँले गाउँ–गाउँको अध्ययन गर्नुभयो । भ्रमण विद्यार्थी संगठनहरुको निर्माण, ‘नव युवा’ पत्रिका प्रकाशन, नवजन–अध्ययन समाजको स्थापना गर्नुभयो । र, कलेजबाट स्नातक भएपछि, पेकिङ्गमा ली ता चाओजस्ता प्रगतिशील विद्वानको संगत पाएपछि उहाँ माक्र्सवादतिर आकर्षित हुनुभयो । ली ता चाओमार्फत् लेनिनको ‘राज्य र क्रान्ति’ पुस्तकको अध्ययनपछि उहाँ उत्पीडितहरुको मुक्तिका लागि समाजवादी दृष्टिकोणसहित कम्युनिष्ट आन्दोलनमा चुर्लुम्मै डुब्नुभयो र चीनका जनताको मुक्ति आन्दोलन सफल पारी छाड्नुभयो ।

भिखारीको जस्तो लुगा र अघाउँञ्जेल खान नपाएको पेटसहित ठिहि(याउने खालको जाडोमा लालसेना म्याओ जातिको क्षेत्रमा पुग्यो । माओका अर्दली र अंगरक्षकले उहाँको लागि गाउँको पोखरीमा रहेका ठूलठूला माछाहरु समात्ने विचार गरे । तर त्यो विचार थाहा पाएपछि माओले उनीहरुलाई सम्झाउनुभयो – ती माछाहरु समात्ने त कुरै छाडौं, म्याओ जातिको मानिसहरुसमक्ष किन्ने प्रस्तावसमेत राख्नु हुँदैन ।

२– माओको चेतावनी

संसारका अत्यन्त ठूला जनक्रान्तिहरुमध्ये पछिल्लो क्रान्ति हो– चीनको जनवादी क्रान्ति । त्यस क्रान्तिको क्रममा विश्वकै सबैभन्दा ठूलो सैनिक अभियान भएको थियो, त्यसको नाम हो ः ‘लङ मार्च’ ‘लामो अभियान’ ।

चिनियाँ क्रान्तिका नायक माओ त्से तुङ्गको नेतृत्वमा भएको ‘लङ मार्च’को क्रममा भएको एउटा प्रेरक घटना यहाँ प्रस्तुत गर्न चाहन्छ । नेपालमा जनताबाट जबर्जस्ती पैसा र सामान लिनु विवादास्पद कुरा उठिरहेको बेला चीनको यो घटना प्रेरणादायी हुनसक्छ ।

सन् १९३४ तिर माओ त्से तुङको नेतृत्वमा लालसेना रातारात मार्च गर्दै अगाडि बढिरहेको थियो । च्याङ काई शेकको सरकारी सेनासँग लड्दै अगाडि बढ्ने क्रममा लालसेना क्वाङशी र हुनानको सीमासम्म पुगिसकेको थियो । लड्दै मार्च गर्दै अगाडि बढ्ने क्रममा चिनियाँ क्रान्तिका नेता अध्यक्ष माओले समेत एक छाक पनि पेटभरि खान पाउनु भएको थिएन ।

त्यसैले एउटा सानो गाउँमा लालसेना आराम गर्न बस्दा माओका अर्दली र अंगरक्षकहरु कहिंकतै केही खाद्यान्न खोज्न सकिन्छ कि भनेर घरघर डुले । गाउँलेहरु अत्यन्त गरीव भएकाले उनीहरुले अरु खाद्यान्नको त मुखै देखेनन्, केवल केही सखरखण्ड मात्रै देखे । उनीहरुले त्यही सखरखण्ड पनि बल्लतल्ल १० किलो मात्रै किनेर ल्याउन सके ।

त्यही सखरखण्ड पनि अति नै स्वादिष्ट मान्दै माओले खान थाल्नुभयो र अरु साथीहरुलाई पनि खुवाउनुभयो ।

३– माओको शिक्षाः जनताको चीज नछुनु

त्यसपछि उहाँले अब म्याओ अल्पसंख्यक जातिहरुको वस्तीतिर मार्च गर्ने घोषणा गर्नुभयो । र, भन्नुभयो ः म्याओ क्षेत्रमा प्रवेश गरेपछि अरु बेसी कडाइका साथ अनुशासनका नियमहरु पालना गर्नुपर्छ ।

उहाँले लालसेनालाई सावधान गर्नुभयो स् यता उता घुम्नु–डुल्नु हुँदैन । उनीहरुका कुनै पनि सामान छुनु र लिनु हुँदैन । सुत्नका लागि आवश्यक ढोकाको खापासमेत माग्नु हुँदैन, बरु भुइँमा सुत्ने वा अन्य उपाय खोज्नुपर्छ ।

८माओले अत्यन्त धैर्यपूर्वक म्याओ जातिका जनताको संस्कृति र विचारबारे बुझाउन थाल्नुभयो । उहाँले भन्नुभयो स् ‘उनीहरुका भेँडा र माछालाई छुनुसमेत हुँदैन, त्यो जतिसुकै ठूलो किन नहोस् । किनकि भेँडा र माछाहरु देउतालाई बलि चढाउन पालिएका हुन सक्छन् । त्यसैले सबैलाई भन्नू, कुनै पनि हालतमा तिनीहरुका सामानहरु नछुनू । जे पाइन्छ, त्यही खानू ।’

भिखारीको जस्तो लुगा र अघाउँञ्जेल खान नपाएको पेटसहित ठिहि(याउने खालको जाडोमा लालसेना म्याओ जातिको क्षेत्रमा पुग्यो । माओ अर्दली र अंगरक्षकले उहाँको लागि गाउँमा रहेका ठूलठूला माछाहरु समात्ने विचार गरे । तर त्यो विचार थाहा पाएपछि माओले उनीहरुलाई सम्झाउनुभयो – ती माछाहरु समात्ने त कुरै छाडौं, म्याओ जातिको मानिसहरुसमक्ष किन्ने प्रस्तावसमेत राख्नु हुँदैन ।

माआले अत्यन्त धैर्यपूर्वक म्याओ जातिका जनताको संस्कृति र विचारबारे बुझाउन थाल्नुभयो । उहाँले भन्नुभयो ः ‘उनीहरुको भेँडा र माछालाई छुनुसमेत हुँदैन, त्यो जतिसुकै ठूलो किन नहोस् । किनकि भेँडा र माछाहरु देउतालाई बलि चढाउन पालिएका हुन सक्छन् । त्यसैले सबैलाई भन्नू, कुनै पनि हालतमा तिनीहरुका सामानहरु नछुनू । जे पाईन्छ, त्यही खानू ।

४– क. माओ र बिस्कुन

एक साल अन्नबाली भिœयाउने तयारीको क्रममा किसानहरु आ–आफ्ना अन्नहरु घाममा सुकाउँदै थिए । अचानक पानी पर्न लाग्यो । माओ त्से तुंग त्यसबेला बालक नै हुनुहुन्थ्यो र आफ्नो अन्नको बिस्कुन हेरिरहनु भएको थियो । यसरी अचानक पानी परेपछि उहाँ आफ्नो घरको अन्न घरमा थन्क्याउनुभन्दा पहिले एउटा लगान तिर्नुपर्ने छिमेकी किसान परिवारलाई उनीहरुको अन्न बटुल्न सहयोग गर्न लाग्नुभयो ।

यसरी आफ्नो अन्न नबटुली अर्काको अन्न बटुल्न गई आफ्नो अन्न केही नोक्सानी भएकोमा उहाँका पिता निक्कै रिसाउनुभयो । पिताले हकारेर झण्डै पिट्न लाग्दा उहाँले जवाफ दिनुभयो– उनीहरुको परिवार गरीब छ र उनीहरुले लगान पनि तिर्नु पर्दछ । त्यसैले अलिकति पनि नोक्सान हुनु उनीहरुको लागि धेरै हुन्छ । तर जहाँसम्म हाम्रो अन्नको कुरा छ, हाम्रो लागि साँच्चै भन्ने हो भने अलिकति अन्न त्यति मूल्यवान हुँदैन, जति उनीहरुका लागि हुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर