मार्क्सवादी दर्शनका दुई मूल कार्यभार : दुनिया बुझ्नु र बदल्नु

मार्क्सवादी दर्शनका दुई मूल कार्यभार : दुनिया बुझ्नु र बदल्नु

‘संसारको व्याख्या त सबैले गरे , मुख्य कुरो त यसलाई बदल्नु पो हो त।’ – कार्ल मार्क्स

कार्ल माक्र्स ९ १८१८ ( १८८३ ० र फ्रेडरिक एंगेल्स ९ १८२० ( १८९५ ० माक्र्सवादका प्रतिपादक हुनुहुन्छ । उहाँहरुले सन १८४८ फेब्रुअरी २१ का दिन लण्डनबाट  ‘कम्युनिस्ट घोषणापत्र’ सार्वजनिक गरेर सर्वहारा वर्गको मुक्तिको सिध्दान्त माक्र्सवादको प्रतिपादन गर्नुभएको थियो ।

माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको थियो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवमद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।


माक्र्सवादका तीन संघटक अंग छन् – दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका ती संघटक तत्वहरुको संश्लेषणबाट भएको छ ।

विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले, ‘माक्र्सवाद भनेको माक्र्सका शिक्षाको व्यवस्थित श्रृखला हो।’  माक्र्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । यो दर्शनको सिध्दान्त भौतिकवाद हो । माक्र्सवादी दर्शनले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना , विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । यस दर्शनले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ । माक्र्सवादी दर्शनको पध्दति द्वन्द्ववाद हो ।

महान् नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार सम्हालिरहेका क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवाद तथा माक्र्सवादी दर्शनको गहिरो अध्ययन गर्न र आत्मशातिकरण जरुरी छ । किनभने माक्र्सवाद र माक्र्सवादी दर्शनले क्रान्तिकारी कम्युनिस्टहरु र आम मुक्तिकामी जनसमुदायलाई निम्न सवालहरुमा शिक्षाको रुपमा , मार्गदर्शनको रुपमा पथप्रदर्शन गर्दछ ।

एक – माक्र्सवाद तथा माक्र्सवादी दर्शनले संसारलाई त्यसको सारतत्व नियममा बुझ्न र बदल्न सिकाउँछ , पथप्रदर्शन गर्दछ । साथै माक्र्सवादी दर्शनले वर्गसंघर्ष र पार्टी भित्री संघर्ष अर्थात् दुईलाईन संघर्ष , पार्टी अन्तस् संघर्षका समस्याहरुलाई बुझ्न र त्यसको समाधान तर्फ मार्गदर्शन गर्दछ ।

दुई – माक्र्सवादी दर्शन क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्तिको कार्यदिशाासित पनि जोडिएको हुनाले माक्र्सवादी दर्शनले क्रान्तिको नीति , कार्यक्रम र योजना निर्धारण गर्नका लागि वैचारिक आलोक प्रदान गर्दछ।

तीन – माक्र्सवादी तथा माक्र्सवादी दर्शनले जुनसुकै व्यक्तिका लागि पनि अध्ययन र अनुसन्धान कार्यमा विशेष मद्दत पुर्याउँछ । साथै माक्र्सवादी दर्शनको अध्ययन बौद्धिक व्यक्तित्वको लागि मात्र होइन , आम जनताका लागि पनि आवश्यक छ र त्यसले जनतालाई क्रान्तिकारी ढंगले आन्दोलित तुल्याउँछ । त्यसो भएर नै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका महान् नेता कमरेड माओ त्सेतुङले , ‘र्शनलाई कोठाबाट झिकेर जनताको बीचमा लैजाऊ’ भन्नुभएको छ ।

चार – माक्र्सवाद तथा माक्र्सवादी दर्शन संघर्षको दर्शन हो । र , यसको जन्म र विकास संघर्षका बीचबाट नै हुन्छ । यस विषयमा कमरेड माओले भन्नुभएको छ , ‘माक्र्सवाद विशेषगरी संघर्षका बीचबाट मात्रै विकसित हुन सक्छ र त्यो कुरा अतीत र वर्तमानका लागि मात्र होइन , भविष्यका लागि पनि त्यत्तिकै सत्य हो ‘ ( माओ त्सेतुङ , संकलित रचना , भाग ५ , पृष्ठ ४०९ ।

माक्र्सवाद तथा माक्र्सवादी दर्शन तमाम खाले आदर्शवाद , अधिभूतवाद , प्रतिक्रियावाद र संशोधनवादका विरुद्ध संघर्ष गरेर मात्र विकसित हुन सक्छ । यो संघर्ष आफैमा विद्यमान गलत चिन्तन प्रवृत्तिका विरुद्ध पनि परिलक्षित रहेको छ ।

पाँच – माक्र्सवादी दर्शन विश्व सर्वहारा वर्ग र जनसमुदायको मुक्तिको दर्शन हो । यो सर्वहारा वर्ग र उत्पीडित जनसमुदाय प्रति पक्षधर छ ।

– माक्र्सवाद तथा माक्र्सवादी दर्शनको सारतत्व र मूल कार्यभार माथि प्रकाश पार्दै कार्ल माक्र्सले भन्नुभएको छ , ू दार्शनिकहरुले विभिन्न तरिकाले दुनियाको व्याख्या गरेका छन् , तर गाँठी कुरा दुनियालाई बदल्नु हो ।ू ( माक्र्स , एंगेल्स , लेनिन , द्वन्द्वात्मक भौतिकवाद ९ हिन्दी ०, पृष्ठ २७ , प्रगति प्रकाशन मस्को , १९८८।

यस लेखको शीर्षक नै राखिएको छ कि माक्र्सवादी दर्शनका दुई मूल कार्यभार छन् ती हुन् – दुनिया बुझ्नु र बदल्नु । त्यसैले क्रान्तिकारी कम्युनिस्टहरूले माक्र्सवादी दर्शनको अध्ययन गर्नु र त्यसलाई आत्मशाति गर्नुको वास्तविक उद्श्ये नै यिनै दुई कार्यभार सम्पन्न गर्नु नै हो ।

अन्तिममा माक्र्सवाद तथा माक्र्सवादी दर्शन र क्रान्तिकारी कम्युनिस्टहरूको मूल कार्यभार भनेकै वैज्ञानिक साम्यवादी नौलो संसार निर्माण गर्नु हो ।