मकवानपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ मकवानपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अर्जुन न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय महासंघको जिल्ला कमिटि निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष दिपक लामा,सचिव सचिता देबकोटा,सह सचिव अजय बर्तौला र कोषाध्यक्षमा मनिष सापकोटा सहितका पधाधिकारी निर्वाचित भएका छन।

सम्मेलनमा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यहरु पुष्कर श्रेष्ठ, अशोक शर्मा, महासंघका प्रदेश संयोजक कुमार घताने, क्रान्तिकारी माओवादीका मकवानपुर जिल्ला इन्चार्ज दिनेश वर्तौला लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर