काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
महासंघका केन्द्रीय अध्यक्ष इश्वर तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले अध्यक्षमा सुन्दर श्रेष्ठ, उपाध्क्इक्षमा दिनेश तामाङ, सचिवमा मदन लामा, कोषाध्यक्षमा सुनिल सिलवाल र सदस्यहरुमा अप्सरा मगर, गोविन्द दाहाल, राजकुमार डंगोल, मन्जप पासवान, मिनराज दुरा, विनोद पंडित, केशव रम्तेल, राम कुमार तामाङ, टोपबहादुर श्रेष्ठ, रामेश्वर साह, मोहन मगर, पवन श्रेष्ठ, दिलमाया लामा, सानु मोक्तान लगायतलाई निर्वाचित गरेको छ ।
सम्मेलनमा महासंघ अध्यक्ष ईश्वर तिमिल्सिनाले मजदुर आन्दोलनको सुन्दर र उज्ज्वल भबिस्य भएको विश्लेषण गर्दै प्रशिक्षण मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का भक्तपुर सचिव श्रीकृष्ण सुलु, महासंघ कार्यालय सचिव एवं निर्माण मजदुर संघका अध्यक्ष बालकृष्ण सिटौला, महासंघ सचिवालय सदस्य रामकुमार दोङ, के स सुजाता रोक्कालगायतले सम्मेलन सफलताको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सुन्दर श्रेष्ठको अध्यक्षता भएको सम्मेलनमा सुनिल सिलवालले स्वागत मन्तव्य राख्नुभएको थियो भने मदन तामाङले सन्चालन गर्नु भएको थियो ।