नेपाली कम्युनिस्ट आन्दोलन भित्र हावी भइरहेका नवसंशोधनवादीहरु , जो नव प्रतिक्रियावादीमा रुपान्तरण भइसकेका छन् , उनीहरूलाई नेपाली समाजका बीचबाट नाङ्गेझार पारेर र छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र व्यक्तिहरुलाई एकताबध्द गरेर मात्र महान् नेपाली क्रान्तिलाई विजयको शिखरमा पुर्याउन सम्भव हुन्छ । किनकि एकातिर गत मंसिर ४ गते सम्पन्न संसदीय निर्वाचनको परिणाम पश्चात् नेपाली कम्युनिस्ट आन्दोलन भित्रका घोर अवसरवादी तथा नवप्रतिक्रियादीका रुपमा पतन भैसकेका नामधारी कम्युनिस्टहरु पुन: एकजुट भएका छन् र खिचडीको रुपमा रहेको दलाल सरकार निर्माण गरेर वामपन्थी कम्युनिस्टहरुको सरकार बनेको भनेर नेपाली जनताको बीचमा ठूलो भ्रम छर्दै छन् भने अर्कोतिर महान् नयाँ नेपाली जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने ऐतिहासिक जिम्मेवारी बोकेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र व्यक्तिहरु फुटप्रस्त अवस्थामै छन् ।
आजसम्म पनि दक्षिणपन्थी संशोधनवमद नै नेपाली क्रान्तिको मुख्य बाधकका रुपमा खडा हुँदै आएको छ । यसले एकातिर आफूलाई कम्युनिस्ट भएको भ्रम छर्दै आउने र अर्कोतिर प्रतिक्रियावादी सत्तामा पुगेर दलाल सरकार सञ्चालन गर्दै आएकाले नेपाली जनताको बीचमा ठूलो भ्रम पैदा भएको छ र जनताहरुको बीचमा उनीहरू नै कम्युनिस्ट भएको भ्रम परिरहेको छ । यसले नेपाली जनता क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र नवप्रतिक्रियावदमा पतन भैसकेका नवसंशोधनवादीहरु बीचको भेद छुट्याउन सकिरहेका छैनन् । यसले पनि नेपाली क्रान्तिको महान् तथा कठिन यात्रालाई अगाडि बढाउन र विजयको शिखरमा पुर्याउने तयारी कै काममा बाधा परिरहेको छ ।
विगत लामो समयदेखि नै नेपाली कम्युनिस्ट आन्दोलन विभाजित रहँदै आएको छ । र संशोधनवादी नामधारी कम्युनिस्ट पार्टीहरु सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुकै बीचमा इतिहासदेखि भीषण वैचारिक संघर्ष , दुई लाईन अर्थात् अन्त:संघर्सकै बीचबाट नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुगेको छ ।
यसैबिचमा ऐतिहासिक झापा संघर्ष , महान् दश वर्षे जनयुद्ध , जनसंघर्ष र जनआन्दोलन जस्ता ठूला ठूला जनसंघर्ष र जनआन्दोलन , जनयुद्ध पनि नभएका होइनन् , तर ती आन्दोलनहरुको नेतृत्व गर्दै आएको मुख्य नेतृत्वले महान् नेपाली क्रान्ति प्रति , जनता प्रति राष्ट्रप्रति नै गध्दारी गर्दै र धोका दिँदै आएका कारण आजसम्म नेपाली जनताको यति ठूलो लगानी र बलिदानी हुँदासम्म पनि क्रान्तिले विजय हासिल गर्न सकिरहेको छैन ।
आज नेपाली कम्युनिस्ट आन्दोलन नवसंशोधनवादी धारा र क्रान्तिकारी धारा गरी प्रष्ट रुपमा दुई विपरीत धारामा विभाजित भएको छ । नवसंशोधनवादी धारा भित्र नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) लगायतका पार्टीहरु पर्दछन् भने क्रान्तिकारी भित्र नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) , नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) , नेपाल कम्युनिस्ट पार्टी ( मशाल ) विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी , वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र व्यक्तिहरु रहेका छन् ।
नवसंशोधनवादीहरुको नेतृत्व जो विजातीय कित्तामा सामेल हुन पुगेको नेपाल कम्युनिस्ट पार्टी ( एमालेले ) , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) समेतका पार्टीहरुले गरिरहेका छन् भने यसको ठिक विपरीत क्रान्तिकारी कित्तामा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) लगायतका माथि उल्लेख गरिएका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले गरिरहेका छन् ।
नवप्रतिक्रियावादमा पतन भइसकेको नवसंशोधनवादी धाराले आज संसदीय व्यवस्थालाई आफ्नो रणनीतिक कार्यदिशा र लक्ष्य बनाएर पूर्णरूपमा संसदीय व्यवस्थाको भाषमा चुर्लम्मै डुवेर प्रतिक्रियावादी दलाल सरकार चलाउने ठाउँमा पुगेको छ भने क्रान्तिकारी धाराले मुख्यत: नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) ले सशस्त्र जनविद्रोहको सामरिक कार्यदिशा ठोस गरेर सशस्त्र जनविद्रोह मार्फत् महान् नयाँ नेपाली जनवादी क्रान्ति पुरा गरेर जनताको जनवादी अधिनायकत्व स्थापना गर्दै वैज्ञानिक समाजवादमा पुग्ने बाटो तय गर्ने कार्यको तयारी गरिरहेको छ भने त्यसको वरिपरि रहेका अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु पनि कसैले वैज्ञानिक समाजवाद त कसैले नयाँ जनवादको कार्यक्रमलाई आफ्नो क्रान्तिको कार्य दिशा बनाएर आफ्नो तयारीका कामहरुलाई अगाडि बढाइएको अवस्था र स्थिति छ ।
तर लक्ष्य र उद्श्ये उस्तै उस्तै भएर विभाजित अवस्थामा छन् । जसका कारण क्रान्तिकारी धारा आज कम्जोर अवस्था छ । उसको लागि वस्तुगत पुरा हुँदाहुँदै पनि आत्मगत अवस्था कम्जोर छ । त्यसले पनि महान् क्रान्तिको यात्रा पुरा गर्ने काममा काधाहरु खडा भइरहेका छन् । यस किसिमको परिस्थिति र परिवेशमा महान् नेपाली नयाँ जनवादी क्रान्ति पुरा गरेर जनताको जनवादी अधिनायकत्व स्थापना गर्दै वैज्ञानिक समाजवादमा पुग्नका लागि विचार , कार्यदिशा र कार्यक्रम मिल्नेहरुसित पार्टी एकता गर्ने र अन्य नजिकका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुका बीचमा क्रान्तिकारी ध्रुवीकरणको माध्यमबाट न्यूनतम रुपमै भए पनि साझा कार्यक्रम बनाए अगाडि बढनु पर्ने वस्तुगत स्थिति पैदा भएको छ ।
यसैक्रममा आज नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) नेपाल कम्युनिस्ट पार्टी ( मशाल) , नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) लगायतका क्रान्तिकारी धारा भित्रका कम्युनिस्ट पार्टीहरुका बीचमा पार्टी एकताका लागि घनिभूत रुपमा प्रयासहरु भैरहेका छन् र अन्य क्रान्तिकारी कम्युनिस्ट समुह र व्यक्तिहरुका बीचमा पनि एकता र ध्रुवीकरणका प्रयासहरु भइरहेका छ । यो ज्यादै खुसिको विषय हो । यसलाई तार्किक निष्कर्षमा पुर्याउन जरुरी र अनिवार्य सर्त बन्न पुगेको छ । किनकि संशोधनवादीहरुको व्यापक रुपमा भण्डाफोर गर्दै उसलाई नाङ्गेझार मात्र गरेर क्रान्तिको तयारीका लागि प्रयाप्त हुदैन । त्यसका लागि माथि पनि धेरै ठाउँमा उल्लेख गरिएको छ , छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमा सिध्दान्तनिष्ट पार्टी एकताको खाँचो मात्रै होइन अनिवार्य सर्त बन्न पुगेको छ । यसको विकल्पविना महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्भव छैन ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार