पौष १७ सुनसरी इटहरी ।
नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को दोस्रो सुनसरी जिल्ला भेला सम्पन्न भएको छ ।
भेलाले अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को सुनसरी जिल्ला संयोजकमा निरु पोख्रेललाई निर्वाचन गर्दै पोख्रेल सहित १५ सदस्य समिति चयन गरेको छ । जसमा प्रतिज्ञा याक्ख्खा , विष्णु लिम्बु , चन्द्रकला राई, कमला सुवेदी,मैया थापा,बसिरा खातुन ,संझना चौधरी, राम कुमारी चौधरी,राधिका वि.क लगायत रहनु भएको छ ।
सो भेलाको प्रमुख अतिथी समेत रहनु भएकी नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश कमिटि सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) की १ नम्बर प्रदेश संयोजक अम्बिका रेग्मीले २००८ साल देखि नेपालमा महिला अन्दोलन सुरु भएको बताउनु भयो । उहाँले लामो समय आन्दोलन गर्दा पनि महिलाले समान अधिकार नपाएको बताउदै क्रान्तिकारी माओवादीले अवलम्बन गरेको नयाँ जनवादी व्यवस्थाले मात्र महिलाको अधिकार प्राप्त हुने भनाई राख्नु भयो । रेग्मीले कुरुती र कु–संस्कारले गर्दा महिला हिंसा बढेका कारण त्यसको अन्त्य गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । धर्मका नाममा महिला माथि अझै धेरै विभेद भएको भन्दै महिलामुक्तिका लागि आन्दोलनको आश्यकता औल्याउनु भयो ।
सोहि भेलाको अतिथी रहनु भएका नेकपा(क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज डिल्लीराम बोहोराले राणा शासन देखिनै महिलाहरु आफ्नो अधिकारका लागि संघर्षमा निस्किएको बताउनु भयो । उहाँले लाखौ मान्छेले ज्यान गुमाएर ल्याएको व्यवस्था जोगाएर नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न सबै महिलाहरु जागरुक हुनु पर्ने भनाई राख्नु भयो । उहाँले यो संसदीय व्यवस्था महिला मुक्तिका लागि बाधक भएको स्पष्ट पार्दै महिलाको मुक्ति भएमात्र वर्गिय मुक्ति संभव हुने धारणा राख्नु भयो ।
कार्यक्रममा नेकपा(क्रान्तिकारी) माोवादीका केन्द्रिय सदस्य तथा सुनसरी सेक्रेटरी रविकिरण, पार्टीका प्रदेश कमिटी सदस्य तथा प्रकाशन विभाग १ नम्बर प्रदेश प्रमुख अप्सरा बानियाँ , पार्टीका प्रदेश कमिटी सदस्यहरु सुजता वन,पारस लिम्बु ,जसोदा लिम्बु , अखिल क्रान्तिकारी सुनसरी जिल्ला संयोजक विष्णु थापा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका सुनसरी संयोजक वेणु बुढाथोकी लगायत अतिथी रहनु भएको थियो । भेलाको अध्यक्षता निरु पोख्रेलले गर्नु भएको थियो ।