बाँकेमा अनेमसंघ (क्रान्तिकारी)काे संगठन विस्तार अभियान

बाँकेमा अनेमसंघ (क्रान्तिकारी)काे संगठन विस्तार अभियान

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) निकट महिला संगठन अनेमसंघ ( क्रान्तिकारी)ले बाँके जिल्लामा संगठन विस्तार अभियान सञ्चालन गरेकाे छ ।
प्राप्त जानकारी अनुसार संगठनकी केन्द्रीय अध्यक्ष मुडभरीकाे प्रमुख आतिथ्यता, प्रदेश सदस्य लक्ष्मी चौलागाईं , जिल्ला पार्टीका नेताहरुकाे समेत सहभागितामा अभियान सञ्चालन भइरहेकाे छ ।
संगठन बिस्तार अभियान अन्तरगत बाँकेको खजुरा गाउँपालिको सिमलघारिमा वाड स्तरीय कमिटी गठन गरिएकाे संगठनकी जिल्ला अध्यक्ष ललिता रुचालले जानकारी दिनुभयाे ।
जसमा निम्नानुसारको समिती गठन गरिएकाे छ।
अध्यक्ष डिलसरी कामी, उपाध्यक्ष लालमती सोमइ मगर , सचिव सुसिला बोहरा र सदस्यहरुमा नन्दकला सुनार, सुनिता बस्नेत, हरिकला परियार, पानसरा सुनार, बास्मती बिक, नन्दकला नेपाली, लिलि कामी, हरिकला घर्ती, झुमा तारामी रहनु भएकाे छ ।