मेयर बालेनले अमेरिकी राजदूतलाई भेटेपछि भिम रावलले उठाए प्रश्न

मेयर बालेनले अमेरिकी राजदूतलाई भेटेपछि भिम रावलले उठाए प्रश्न

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाएका छन्।

नेपालको परराष्ट्र सम्बन्ध मामिला संघीय सरकार मातहत रहने स्मरण गराउँदै उनले यदि बालेन्द्रले परराष्ट्र मन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताए।

ुनेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अमेरिकी राजदूतसँग गरेको भेटवार्ताबारे परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइन ? स्पष्ट गरियोस्ु, उनले भने, ‘संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौँ।’

उनले परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानुनी पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसँग भेटवार्ता गर्न मन लाग्यो भेट्न नमिल्ने पनि बताएका छन्।

‘संविधान र कानुनी पद्धति मिचेर आाफुखुशी गर्ने संसारमा कहीँ नभएको अभ्यास नेपालमा संक्रमणकालीन ‘गठबन्धन सरकार, जनउत्तरदायी हौ भने जवाफ देऊ’ उनले भनेका छन्।