काठमाडौं । वरिष्ठ माक्र्सवादी लेखक एवम् अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहाादुर केसीद्वारा लिखित ‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ नामक एक गहन दार्शनिक कृति प्रकाशित भएको छ । भुँडीपुरान प्राकशन प्रा. लि.ले हालै प्रकाशित गरेर बजारमा ल्याएको यो पुस्तक द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद गरी दुई खण्डमा विभाजन गरिएको छ । ३०३ पृष्ठ भित्र ती दुबै खण्डमा रहेका समग्र विषय समेटिएका छन् ।
खण्ड एकमा – दर्शनको परिभाषा, दर्शनको उत्पत्ति र विकास, दर्शनको ऐतिहासिक विकासको प्रक्रिया , दर्शनशास्त्रको मौलिक प्रश्न , दर्शनशास्त्रको स्वरूप , दार्शनिक पक्षधरता, दर्शनशास्त्रको पध्दति र दार्शनिक सिध्दान्त , माक्र्सवादको जन्म र विकास , माक्र्सवादका तीन श्रोत र तीन संघकट अंग , दर्शनशास्त्रको क्षेत्रमा माक्र्सवादले गरेको क्रान्ति , माक्र्स भन्दा पूर्वका महान् विचारकहरु, द्वन्द्वात्मक भौतिकवादका सन्देशमा, द्वन्द्वात्मक भौतिकवादका आधारभूत सिध्दान्त तथा नियम, भौतिकवाद र आदर्शवादबीच भिन्नता , द्वन्द्ववाद र अधिभूतवादबीच भिन्नता , अन्तर्विरोधका नियम , द्वन्द्ववादका प्रवर्गहरु , माक्र्सवादी ज्ञान– सिध्दान्त आदि विषयहरु समेटिएका छन् ।
खण्ड दुई मा– ऐतिहासिक भौतिकवाद , ऐतिहासिक भौतिकवादको परिचय , ऐतिहासिक भौतिकवादको परिभाषा र क्षेत्र , कार्ल माक्र्सको देन स् ऐतिहासिक भौतिकवाद , ऐतिहासिक भौतिकवाद स् समाज विकासका रुपमा , वर्गको उत्पत्ति र वर्गसंघर्ष , राज्यको उत्पत्ति , समाज विकासका क्रमहरु , उत्पादन पध्दति , उत्पादनका साधन र उत्पादनका शक्ति स् समाज परिवर्तनका साधन , श्रमजीवी जनता मात्र इतिहासका सच्चा निर्माता , इतिहासमा नेताहरुको भूमिका, माक्र्सवादी दर्शन र सर्वहारा वर्गीय पार्टी जीवन , मुक्तिको निम्ति मानव जातिले पार गरेका।लाखौं वर्षहरु , माक्र्सवादी ( लेनिनवादी ( माओवादी पार्टी मात्र भीषण वर्गसंघर्षको संगठन कर्ता र नेता , साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा दर्शन , मालेमावादी दर्शनको ऐतिहासिक कार्यभार स् वैज्ञानिक साम्यवाद निर्माणकको सुन्दर सपना आदि विषयहरु समेटिएका छन् ।
माक्र्सवादी चिन्तक तथा लेखक केसीद्वारा लिखित यो गहन दार्शनिक कृति माक्र्सवादी दर्शनको अध्ययनमा चासो राख्नेहरुका लागि पठनीय र संग्रहनीय रहेको छ ।