इच्छुक प्रतिष्ठानकाे अध्यक्षमा डा.पाण्डे्य

इच्छुक प्रतिष्ठानकाे अध्यक्षमा डा.पाण्डे्य

काठमाडौं/१३,मङ्सिर
इच्छुक सांस्कृतिक प्रतिष्ठानकाे ११अाैं प्राज्ञसभा यही मङ्सिर १० गते सनिबार सम्पन्न भएको छ । कामपा २९ घट्टेकुलाे स्थित प्रतिष्ठानकाे अाफ्नै भवनमा सभा सम्पन्न भएको हाे । प्राज्ञसभाले अागामी दुई वर्षीय कार्यकालका लागि प्रा.डा. ताराकान्त पाण्डे्यलाई अध्यक्षमा निर्वाचित गरेकाे छ । त्यसैगरि प्रतिष्ठानकाे सदस्यसचिवमा भने प्राज्ञ मित्रलाल पंज्ञानीलाई दाेहाेर्याएकाे छ । सभाले डा.पाण्डे्यकाे नेतृत्वमा एक जना अावश्यकतामा पछि थप्ने गरि नाै सदस्यीय कार्यसमिति चयन गरेको छ । जसकाे सदस्यहरुमा निवर्तमान अध्यक्ष हिरामणि दुःखी, प्रा डा जगदीशचन्द्र भण्डारी, इस्माली, माेदनाथ मरहट्टा, गाैरी देवकोटा र पञ्चकुमारी परियार रहेका छन् ।
उक्त प्राज्ञसभालाई प्रमुख अतिथिको रुपबाट सम्वाेधन गर्दै प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ मार्क्सवादी साैन्दर्य चिन्तक चैतन्यले मार्क्सवादी साहित्य, कला र संस्कृतिमा पनि संसाेधनवादी प्रवृत्तिले गिजाेलेर विचारको भ्रष्टिकरण गरेको बताउँदै त्यसका विरुद्ध इच्छुक प्रतिष्ठानले सशक्त रुपमा वैचारिक अान्दोलनकाे नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले जनयुद्धको उदात्तीकरणलाई विद्रुपिकरणमा ढाल्न खाेजिएकाे वर्तमान सन्दर्भमा त्यसकाे उच्च अादर्शलाई अाम जनताकाे विचमा लैजान सिर्जना र समालोचनामा निखार ल्याउन अावश्यक रहेको बताउनुभयो । यसैगरी सभालाई सम्वाेधन गर्दै प्रतिष्ठानकी सल्लाहकार प्राध्यापक तक्मा केसीले जनयुद्धमा उच्च बलिदानी दिनुभएका सांस्कृतिक अान्दोलनका याेद्धा कृष्ण सेन इच्छुककाे नाममा स्थापित यस संस्थाले जनयुद्धको अादर्श सपना मर्न नदिएको र अादर्श कुल्चिएर नीहित सत्ता स्वार्थमा हिडेकाहरुलाई वैचारिक र सांस्कृतिक क्षेत्रबाट खबरदारी गरिरहेकाेमा अाफु खुसी रहेको जनाउनुभयाे ।
प्राज्ञसभाले प्रतिष्ठानकाे कार्यसमितिको तर्फबाट सदस्यसचिव मित्रलाल पंज्ञानीले पेस गर्नुभएको प्रगतिप्रतिवेदन र अाव २०७९/०८०काे अनुमानित अाय-व्यय तथा अडिट रिपोर्ट अावश्यक परिमार्जन सहित सर्वसम्मतिले पारित गरेको थियाे । यसैगरी एघार गते बसेकाे कार्यसमितिको बैठकले यस वर्षको वार्षिक कार्यक्रम तय गरेको सदस्यसचिव मित्रलाल पंज्ञानीले बताए ।