तिमी केवल बस्ती उजाड्न सक्छौ
बन्दुक पडकाउन र मान्छे मार्न सक्छौ
तिमिले गर्ने नै त्यति हो
तिमी छानो दिन सक्दैनौ
जीवन भर्न सक्दैनो
तिमी बगैचा उजाड्न सक्छौ
फुलहरु मार्न सक्छौ
तिमिले गर्न सक्ने त्यत्ती नै हो
नत फुल फुल्न छोड्छ
न त तिमिले शुवासलाई रोक्न सक्छौ
तिमी केवल चराहरु मार्न सक्छौ
पखेटा काट्न र गुँड भत्काउनु सक्छौ
शासकले सक्ने नै त्यति मात्रै हो
तिमिले चराको किलविल रोक्नै सक्दैनौ
पखेटा पलाउन र उडान भर्ने सारा आकास थुन्न सक्दैनौ
तिमिले घडी फेर्न सक्छौ
फुटाएर कच्याककुचुक पार्न सक्छौ
तिमिले सक्ने केवल त्यत्ती हो
समय फेर्न सक्दैनौं
समयको गति रोक्न सक्दैनौ
तिमी बाँध बाध्न सक्छौ
दुवाली थुन्न सक्छौ र माछा मार्न सक्छौ
तिमिले सक्ने कुरा नै त्यति त हो
तिमिले नदिलाई रोक्न सक्दैनौ
बाढीलाई छेक्न सक्दैनौ
तिमि मादल फुटाउन सक्छौ
सारंगीको तार छिनाउन सक्छौ
दुष्टले सक्ने नै त्यति मात्रै हो
तिमिले संगितको झंकार रोक्न सक्दैनौ
जिवनको गित मार्न सक्दैनौ
तिमी अँध्यारो बनाउन सक्छौ
दिउँसै रात पार्न सक्छौ
शासकहरुले सक्ने केवल त्यति मात्रै त हो
तिमिले चाहेर पनि घामलाई छेक्न सक्दैनौ
बिहानिलाई रोक्नै सक्दैनौं
ओ शासक
तिमी सबै गर्न सक्छौ
बस्तिमा डोजर चलाउन
मकैको ठेला पल्टाउन
बच्चालाई कुल्चेर मार्न
नमान्नेलाई कानुनको धारा
नटेर्नेलाई बन्दुकको पहरा
सबै सक्छौ
तर ओ शासक
तिमिले मान्छेको सोच मार्न सक्दैनौ
बिद्रोहको चेत फेर्न सक्दैनौ
प्रतिरोधको ज्वारभाटा छेक्न सक्दैनौ ।