डाेजर लिएर बस्ती भत्काउन पुगेपछि सुकुम्बासीहरुले यसरी लखेटे बालेनका प्रहरीलाई (फाेटाेफिचर)

डाेजर लिएर बस्ती भत्काउन पुगेपछि सुकुम्बासीहरुले यसरी लखेटे बालेनका प्रहरीलाई (फाेटाेफिचर)

काठमाडौं । थापाथलीस्थित वागमती नदी किनारमा सुकुम्बासी बस्तीका स्थानीयसँगको झडपमा महानगर प्रहरी बलका प्रमुख नगर उपरीक्षक राजु पाण्डेसहित १४ जना घाइते भएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र महानगरको टोली बस्तीका एक्स्काभेटर लिएर घर टहरा भत्काउन पुगेपछि सुकुम्बासीहरु प्रतिराेधमा उत्रिएका हुन् ।
स्थानीयले ढुंगामुढा प्रहार गर्दा नगर उपरीक्षक पाण्डेसहित १४ जना प्रहरी घाइते भएको काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए । घाइतेहरूको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।
नर्भिक अस्पतालका सुरक्षा अधिकृत रामकृष्ण बलामीका अनुसार १९ जना घाइतेलाई अहिले उपचारका लागि ल्याइएको छ ।
झडपका कारण साे क्षेत्र युद्धमैदानजस्तो भएको थियाे । महानगरपालिकाले बस्तीमा डोजर लगाउने खबर थाहा पाएपछि आज बिहानैदेखि बस्तीका सुकुम्बासी प्रतिकारको तयारीमा थिए ।
सुकुम्बासीको प्रतिकारपछि महानगरका डोजर पछि हटेकाे छ । सुकुम्बासीहरु राती पनि डाेजर आक्रमण हुनसक्ने भन्दै आतंकित बनेका छन् । उनीहरु रातैभर प्रतिराेधका निम्ति तयारी अवस्थामा रहेका छन् ।