विना विकल्प सुकुम्बासीहरुलाई जबर्जस्ती उठिबास लगाउन खाेजेपछि प्रतिराेधमा उत्रिए सुकुम्बासीहरु

विना विकल्प सुकुम्बासीहरुलाई जबर्जस्ती उठिबास लगाउन खाेजेपछि प्रतिराेधमा उत्रिए सुकुम्बासीहरु

काठमाडौं । विना विकल्प जबर्जस्ती डाेजर लगाएर सुकुम्बासीहरुलाई उठिबास लगाउन खाेजेपछि सुकुम्बासीहरु सशक्त प्रतिराेधमा उत्रिएका छन् । आमनिर्वाचन सकिए लगत्तै आज (सोमबार) दिउँसो थापाथली स्थित बागमती नदी किनारमा बर्षाैदेखि बसाेबास गर्दै आएका सुकुम्बासीहरुलाई भुमि ऐन, राष्ट्रिय भुमि आयाेग, नियमावली, कार्यविधि, मापदण्ड अनुसार सुकुम्बासीहरुकाे दीर्घकालीन व्यवस्थापन गर्नुकाे सट्टा सुकुम्बासीहरुलाई अमानवीय रुपमा जबर्जस्ती उठिबास लगाउन थालेपछि आफ्नाे थातथलाे जाेगाउन उनीहरु सशक्त प्रतराेधमा उत्रिएका हुन् ।
एसपी राजुनाथ पाण्डे नेतृत्वमा बस्ती हटाउन पुगेका सयौँ नगर प्रहरीहरुमाथि सुकुम्बासीहरुले टायर बालेर प्रतिराेध गरिरशेका छन् । विना विकल्प सुकुम्बासी बस्तीलाई जबर्जस्ती नहटाउन नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंले कडा चेतावनी दिएकाे छ ।