जे हुन्छ जनता जागेपछि हुन्छ
जनविद्राेह शासकले सिमा नाघेपछि हुन्छ
जनघात र राष्ट्रघातले सिमा नाघेपछि
जनता जागी सडकमा उत्रिएपछि
जे हुन्छ सबथाेक सडकमै हुन्छ
जनविद्राेह शासकले सिमा नाघेपछि हुन्छ
एमसीसीसँग नक्सा साट्न खाेजेपछि
राेग, भाेक र ‘जाेक’ले मान्छे मर्न थालेपछि
अति भएपछि खति हुन्छ
जनविद्राेह शासकले सिमा नाघेपछि हुन्छ
तुच्छै भएपनि देशकाे एउटा स्वाभिमान हुन्छ
वीरता र बलिदानकाे छुट्टै गाैरव गाथा हुन्छ
विदेशीकाे दलालीले जब देशकाे शीर झुकेकाे हुन्छ
जनविद्राेह शासकले सिमा नाघेपछि हुन्छ