काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपालको संयुक्त आयोजनामा आज १ बजे रत्नपार्क शान्तिबाटिकामा नारा जुलुससहितको निर्वाचन बहिस्कार÷अवज्ञा सभा हुँदैछ । निर्वाचन बहिस्कार÷अवज्ञा सभालाई चारवटै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चार पार्टीको असोज २३ देखि कार्तिक २३ गतेसम्मको घोषित एक महिने संघर्षका कार्यक्रमको अन्तिम सभाको रुपमा आजको कार्यक्रम हुँदैछ । चारपार्टीले यसअघि असोज २३ गते बागमती प्रदेको चितवन, असोज ३० गते मधेस प्रदेशको सर्लाही जिल्लाको हरिवन, असोज ३१ गते मोरङको विराटनगर, कात्तिक २ गते गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा, कात्तिक ४ गते लुम्बिनी प्रदेशको रुपन्देहीको बुटवल, २०७९ कात्तिक १७ गते कर्णाली प्रदेशको सुर्खेत, कात्तिक १९ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा भव्य रुपमा बहिस्कार÷अवज्ञा सभा सान्दार रुपमा सम्पन्न गरिसकेका छन् । यी सबै सभामा चारवटै पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुभएको थियो ।