काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)काे केन्द्रीय मुखपत्र प्रकाशित भएकाे छ ।
पार्टीको केन्द्रीय मुखपत्रकाे १६ पुर्णाङ्ककाे रुपमा ‘माओवादी’ प्रकाशन भएकाे हाे । क्रान्तिकारी माओवादीका विचार, राजनीति, संगठन र संघर्षका समग्र विषयलाई समेटिएकाे मुखपत्र क्रान्तिकारी माओवादीका नेता कार्यकर्ताहरुका लागि मात्र हाेइन नेपाली समाजकाे आमूल परिवर्तनका पक्षधर सबैका लागि पठनीय र संग्रहणीय रहेकाे छ ।
प्रकाशित मुखपत्र ‘माओवादी’काे याे अंकमा पार्टी महासचिव किरणका ‘संसदीय निर्वाचन बहिस्कारबारे’ र ‘कम्युनिस्ट आवरणमा प्रतिगामी यात्रा’ शीर्षकका दुई महत्वपुर्ण आलेखलगायत पार्टीका नेताहरु गाैरव, राजवीर, प्रतीक, सीताराम तामाङ, वसन्त, प्रवीणका महत्वपुर्ण लेखहरु समेटिएका छन् ।
त्यसैगरी मुखपत्रमा दस्तावेजहरु, समसामयिक सन्दर्भहरु र विज्ञप्ति तथा वक्तव्यहरु समावेश गरिएका छन् । १२४ पृष्ठकाे मुखपत्रकाे मूल्य १०० राखिएकाे छ ।