सुर्खेत । नेकपा (क्रान्तिकारी माओवादी)कर्णाली प्रदेशको चुनाव बहिष्कार अभियानले कार्तिक ३ गते विरेन्द्रनगर सुर्खेतबाट छिन्चु बजारमा आएर कोण सभा गरेको थियो । उक्त कोण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य कमरेड तेजविक्रम शाहीले बहिष्कार अभियानको मर्मबारे प्रष्ट पार्ने क्रममा छिन्चु हिजोदेखि माओवादी विरोधी शक्तिले चलखेल गर्ने ठाउँ हो र यो ठाउँबाट धेरै जनाले दुःख पाएका पनि छन् र राज्य पक्षबाट पनि मारिएका छन् र माओवादी तर्फकाले पनि शाहदत प्राप्त भएको ठाउँ हो । मुलतः यो ठाउँ क्रान्तिका निम्ति उर्वर ठाउँ भएको र यो ठाउँबाट फेरी अर्को क्रान्तिकारी स्पृट पैदा हुने कुरामा शंका नभएको कुरा बताउँदै बहिस्कार अभियानलाई यहाँका जनताले सहययोग गर्ने छन् भन्ने कुरा बताए । कार्तिक ४ गते विहान सल्यानको सल्लीबजारमा कार्यक्रम गर्ने क्रममा कार्यक्रमको ब्यानर राख्न दिईएको थिएन भने चुनाव बहिष्कार संवन्धी टाँस गरिएका पम्पलेटहरु फाल्दै गएको र सल्यान जिल्लाको सग्राही बजारमा गरेको वाल पेन्टिङ पूर्णरुपमा पोत्न लगाइएको छ । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टीका केन्द्रीय सदस्य तथा अभियानका कमाण्डर कमरेड तेजविक्रम शाहीले सोहि प्रतिक्रियावादी कदमका विरुद्ध धारणा व्यक्त गर्दै यस्ता क्रियाकलापले यो व्यवस्था प्रजातन्त्र नभई निरंकुश तथा छली तन्त्र भएको कुरा सार्वजनीक गरेका हुन् । त्यस पछि सल्यान जिल्लाको सदरमुकाम सल्यान खलंगामा भएको कोण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य कमरेड कर्णबहादुर बिसीले देशमा भएका विक्रराल समस्याको हल खोज्नेबेला यी राजनीतिक पार्टीहरुले गरेको संसदीय चुनाव देश र जनताको हित भन्दा पनि मुठ्ठिभर दलाल पुँजीपति, विचौलीया र माफियालाई निर्वाचित गरेर राष्ट्रघातका पुराना शिलशिलाहरुलाई अनुमोदन गर्ने र नयाँ राष्ट्रघाति योजनामा लाग्ने धृष्टता भन्दा अर्को नभएको कुरा बताएका हुन् । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अभियन्ता कमरेड रामबहादुर बुढाले प्रतिक्रियावादी कदमका विरुद्ध सम्पूर्ण सल्यानवासी जनताहरु एकजुट हुन र यो कथित निर्वाचनलाई सशक्त बहिष्कार गर्न आह्वान गरेका हुन् । निरन्तर भइरहेको भ्रष्टाचार, हिंसा, हत्या, बलात्कार, जनघात र राष्ट्रघातको विकल्प संघिय जनगणतन्त्र स्थापना गर्नु नै हो यसका निम्ति नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्ने कुरा माथि अभियन्ता बुढाले प्रकाश पारेका हुन् । सल्यान जिल्लाको ऐतिहाँसिक पृष्टभुमी बोकेको श्रीनगर बजारको कोण सभालाई संबोधन गर्ने क्रममा तेजविक्रम शाहीले श्रीनगर व्यापारिक महत्व भएको पुरानो हाटबजार हो । यो एक ऐतिहाँसिक भौगोलीक महत्व रहेको पुरानो क्षेत्र पनि हो भने मुक्तिका क्षेत्रमा बलिदानी गर्नेहरुको ठुलो संख्या भएको सल्यान जिल्लाको मुक्ति भूमि भएका हुनाले यहाँका जनताले हाम्रो अभियानलाई पुर्ण रुपमा सफल बनाउने छन् भन्ने कुरामा विश्वास प्रकट गरेका हुन् ।
त्यसै दिन सल्यान जिल्लाको थारमारेको सभालाई सम्बोधन गर्ने क्रममा नेकपा (क्रान्तिकारी माओवादीका) कर्णाली प्रदेश सदस्य तथा दैलेख जिल्ला सेक्रटरी कमरेड ललित सुनारले अवको चुनावमा जनप्रेमी व्यक्तिले टिकट पाउनेछैनन् त्यो ठाउँमा विचौलीया, माफिया, मिटरव्याजी, तस्करीहरुले पैसाका बलमा टिकट पाएर आफु कौडीको लगानी गरेर निर्वाचित भई ब्रम्हलुट गर्ने उद्देश्य लिएर आउँदैछन् तिनीहरुलाई भोट नहाल्न आग्रह गरेका हुन् ।
कार्तिक ५ गते झुल्नेटाको कोणसभालाई सम्बोधन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी)का केन्द्रीय सदस्य कमरेड लक्ष्मण वि.क. ले विद्यार्थीहरुका समस्याहरु विकराल बन्दै गएका र शिक्षा क्षेत्रमा असमानता, व्यापारीकरण र निजिकरण हावी भएको र यस क्षेत्रमा हालसम्म निर्वाचित कुनैपनि प्रतिनिधि र जिम्मेवार निकायको ध्यान नगएको कुरा माथि प्रकाश पार्दै अवको चुनावमा मत नदिएर बहिष्कार गरि निरन्तर संघर्ष र क्रान्तिको बाटो आवलम्बन गर्न अग्रह गरेका थिए । त्यसै दिन रुकुम जिल्लाकोे त्रिवेणी गाउँपालिका सिम्रुद बजारको कोण सभालाई सम्बोधन गर्दै क्रान्तिकारी युवा लिगका केन्द्रीय कोषाध्यक्ष कमरेड दिपेन्द्र बहादुर शाहीले अवको राष्ट्रिय संकटको विकल्प चुनाव नभई मालेमावादी सिद्धान्तमा आधारीत भई नयाँ जनसंघर्षको विधिबाट अगाडी जानु पर्ने कुरामा जोड दिएका हुन् । त्यसै दिन रुकुम जिल्लाको मुसिकोटको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रवासमा रहि लामो समय क्रान्तिकारी पार्टीमा कार्य गर्दै आउनु भएका अभियान्त कमरेड जे.वि.सुनारले रुकुम जिल्ला जनार्दन शर्मा नामका नक्कली माओवादीको भ्रम जालमा फसेको तर जनार्दन धनआर्जनमा लागेका कुरा माथि प्रकाश पार्दै आसन्न मंशीर ४ गतेको चुनाव बहिष्कार गर्न आग्रह गरेका हुन् । अवको रुकुम जिल्लाको भाग्य र भविश्य निर्माण गर्ने जिम्मा धनआर्जनमा लागेका जनार्धन शर्माको हातमा नभई क्रान्तिकारीहरुको काँधमा रहेको कुरा बताएका छन् ।
आज कार्तिक ६ गते रुकुम जिल्लाको राडी बजारमा भएको कोण सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य कमरेड तेजविक्रम शाहीले व्यापारीक दृष्टिले महत्वपुर्ण वजार भए पनि यहाँका व्यक्तिहरु राजनीतिक रुपमा पनि त्यत्तिकै तदारुकताका साथ लागिरहेको ऐतिहासिक तथ्य पेश गरेका हुन् । त्यसो भएका हुनाले यहाँका आम जनताले चुनावलाई सशक्त रुपमा बहिष्कार गर्ने कुरामा दुईमत नरहेको कुरामा विश्वास प्रकट गरेका हुन् । त्यसै सभालाई सम्बोधन गर्दै क्रान्तिकारी युवा लिगका केन्द्रीय कोषाध्यक्ष कमरेड दिपेन्द्रबहादुर शाहीले हामी कि मुक्ति कि मृत्युको कसम खाएका राता मान्छेहरु जनतालाई कहिल्यै पनि धोका दिने छैनौं भन्न प्रतिवद्धता व्यक्त गर्दै यी दलाल प्रतिक्रियावादीहरुका जनराष्ट्रघाती कदमका विरुद्धमा बमबारुद भएर पड्कीने छौं भन्दै जनताका दुष्मनहरुलाई मत नदिन आग्रह गरेका हुन ।
जाजरकोट जिल्लाको कालीमाटी बजारमा भएको सभालाई सम्बोधन गर्दै अभियान्ता कमरेड रामबहादुर बुढाले यहाँका नेताहरुले निरन्तर जनतालाई झुक्क्याउँदै मत लिने तर केहि उल्लेख्य कार्य नगर्ने भएकाेले मत नदिन जनतालाई आग्रह गर्नु भयाे । निर्वाचन अभियान निरन्तर रुपमा जारी छ ।