निर्वाचन बहिस्कारको पोस्टर टाँस्दै गर्दा प्रहरी हस्तक्षेप, नेता गोर्कीसहित पाँच जना गिरफ्तार

निर्वाचन बहिस्कारको पोस्टर टाँस्दै गर्दा प्रहरी हस्तक्षेप, नेता गोर्कीसहित पाँच जना गिरफ्तार

काठमाडौं । पार्टीको घोषित कार्यक्रम अनुसार निर्वाचन बहिस्कारको पोस्टार टाँस्दै गर्दा प्रहरीले हस्तक्षेप गरी नेकपा (क्रान्तिकारी माओवादी)का नेता गोर्की श्रेष्ठसहित पाँच जनालाई गिरफ्तार गरेको छ ।


प्राप्त जानकारी अनुसार काठमाडौंको टोखाबाट निर्वाचन बहिस्कारको पोस्टर टाँस्दै गर्दा उहाँहरुलाई गिरफ्तार गरेको हो । उहाँहरुलाई गिरफ्तार गरी महाराजगञ्ज चक्रपथको प्रहरी बिटमा राखिएको क्रान्तिकारी माओवादीका काठमाडौं जिल्ला सेक्रेटरी प्रकाशले जानकारी दिनुभयो ।

पक्राउ पर्ने अन्य नेताहरुमा बद्रीहरी नेपाल,  गोपाल कार्की, ज्ञानेन्द्र प्रजापती, बेदराज दियाली रहनु भएको छ ।
नेता गोर्कीका अनुसार प्रहरीले शान्तिपूर्ण रुपमा पोस्टर टाँसिरहेको बेला प्रहरीले बेदराज दियालीमाथि हातपात समेत गरेको छ । प्रहरीको कुटाइबाट दियाली घाइते हुनुभएको छ ।

शान्तिपूर्ण रुपमा निर्वाचन बहिस्कार कार्यक्रम गर्न पाउने जनअधिकारमाथि प्रहरीले ठाडो हस्तक्षेप गरेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का काठमाडौं जिल्ला सेक्रेटरी प्रकाशले प्रहरी दमनको कडा शब्दमा निन्दा एवम् भत्र्सना गर्नुभएको छ र गिरफ्तार सबै नेता कार्यकर्ताहरुलाई अविलम्ब रिहाईका लागि जोडदार माग गर्नुभएको छ ।