नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिव्दारा जारी सूचना

नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समितिव्दारा जारी सूचना

 

 

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको सल्लाहकार समितिका संयोजक प्रा. डा. ओम गुरुङको यही २०७९ साल असौज ३१ गते उपचारका क्रममा दु:खद निधन भएको थियो। पार्टीको निर्णय अनुसार वहां प्रति श्रद्धान्जली अर्पण गर्ने कार्यक्रम तय भएकोछ। अत: पार्टी र जनवर्गीय संगठनहरुका सदस्यहरु एवं शुभचिन्तकहरुलाई निम्न स्थान, मिति र समयमा उपस्थित भै श्रद्धान्जली कार्यक्रमा सहभागी भैदिनुहुन हार्दिक अनुरोध सहित सूचित गरिएकोछ।

स्थान: इच्छुक सांस्कृतिक प्रतिष्ठान, अनामनगर, काठमाण्डौं ।
मिति: २०७९ साल कार्तिक १६ गते ।
समय: मध्यान्ह १२ बजे ।

क्रान्तिकारी अभिवादन सहित,

मोहन वैद्य ‘किरण’
महासचिव, नेकपा (क्रान्तिकारी माओवादी)
केन्द्रीय समिति