प्रचण्डकाे घरमा टाँसियाे निर्वाचन बहिस्कारकाे पाेस्टर

प्रचण्डकाे घरमा टाँसियाे निर्वाचन बहिस्कारकाे पाेस्टर

चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निवासमा चुनाव बहिस्कारको पर्चा टाँसिएको छ।

भरतपुर महानगरपालिका वडा नम्बर १४ शिवनगर प्रचण्ड टोलस्थित उनको घरमा मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले चुनाव बहिस्कारको पर्चा टाँसेको हो।

क्रान्तिकारी माओवादीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ।