गण्डकी प्रदेशकाे नवलपुरमा निर्वाचन बहिस्कार कार्यक्रम तीव्र

गण्डकी प्रदेशकाे नवलपुरमा निर्वाचन बहिस्कार कार्यक्रम तीव्र

नवलपुर । नेकपा (क्रान्तिकारी माओवादी)ले देशव्यापी रुपमा निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्र पारेकाे छ । यसै क्रममा क्रान्तिकारी माओवादीले गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा जस्तै नवलपुर जिल्लामा पनि निर्वाचन बहिस्कारका कार्यक्रमलाई तीव्र पारेकाे छ । मंसिर ४काे निर्वाचन नजिकिदै जाँदा क्रान्तिकारी माओवादीले नवलपुर जल्लाका विभिन्न स्थानमा बहिस्कार काेणसभा, चाेकसभा, पर्चा वितरण, पाेस्टर टाँस्ने लगायतका कामहरु तीव्र रुपमा भइरहेकाे पार्टी पीवीएम तथा गण्डकी प्रदेशका इन्चार्ज अनुकुलले जानकारी दिनुभयाे । उहाँकम अनुसार कास्की, नवलपुर, गाेरखा, तनहुँ, स्याङ्जा लगायत प्रदेशैभरि निर्वाचन बहिस्कारका कार्यक्रमहरु भइरहेका छन् ।
गण्डकी प्रदेशकाे कास्की पाेखरामा हालै चार पार्टीको संयुक्त आयाेजनामा भव्य रुपमा निर्वाचन बहिस्कार सभा सम्पन्न गरिएकाे थियाे ।