काठमाडौं । नेपालका क्रान्तिकारी बुद्धिजीबीहरुले पनि संसदीय व्यवस्था अन्तर्गतकाे आसन्न निर्वाचन बहिस्कार गर्ने भएका छन् । राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालले बुधबार साँझ गरेकाे भर्चुअल बैठकमा क्रान्तिकारी बुद्धिजीवीहरुले प्रतिनिधिसभा र प्रदेशसभाका लागि मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने निर्णय गरेका हुन् ।
राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी मञ्च, नेपालका अध्यक्ष हुकुमबहादुर सिंहकाे अध्यक्षतामा भएकाे बैठकमा बुद्धिजीवीहरुले संसदीय व्यवस्था पुर्णरुपमा बदनाम र असफल भइसकेकाेले आसन्न निर्वाचन सशक्त रुपमा बहिस्कार गर्ने, आम जनसमुदायलाई पनि निर्वाचनमा मतदान नगर्न आव्हान गर्नुपर्ने सुझाब दिएका थिए । संसदीय व्यवस्थाकाे समुल अन्त्य गरि नेपालमा नयाँ जनवादी राज्यव्यवस्थामा आधारित जनगणतन्त्रकाे स्थापनाका लागि संघर्ष केन्द्रित गर्नुपर्ने पनि बुद्धिजीवीहरुकाे सुझाब थियाे ।

भर्चुल बैठकमा विभिन्न सहभागिहरुले आआफना सुझाव राख्नु भएको थियो । सुझाव राख्ने बुद्धिजविीहरुमा ज्ञानु आचार्य, विजयरत्न बज्राचार्य, होमनाथ पाठक, श्रीधर अधिकारी, डा. शम्भु कट्ठेलआदि हुनुहुथ्यो ।
छलफलपछि सबैको एउटै सुझाव थियो कि अब कसरी वामपन्थी बुद्धिजीवीहरुलाई नेतृत्व प्रदान गर्दै राष्ट्रियता तथा जनजीवीकाका सवालहरुलाई देश र जनताको पक्षमा गोलवन्द कसरी गर्ने त्यसवारे एउटा बवधारणापत्र तयार पारी त्यसलाई भौतिक बैठव्दारा बहस र छलफलगरी एउटा ठोस सैद्धान्तिक तथा वैचारिक आधारमा सही नेतृत्व चयन गर्नेमा आम सहभागिहरुको सुझाव थियो ।

हार्दिक शुभकामना !

बुद्धिजीवी मञ्चले तिहारअघि नै एक अवधारणा तयार पारी राष्ट्रिय भेला गर्ने निर्णय समेत गरेकाे छ । त्यसका लागि मञ्चका अध्यक्ष सिंहलाई अवधारणा लेखनकाे जिम्मा दिएकाे छ ।
अध्यक्ष सिंहले दिएकाे जानकारी अनुसार भर्चुअल बैठककाे प्राविधिक संयाेजन डा. शम्भु कट्टेलले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर