११ आश्विन काठमाडौं ।
बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले सानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा नेपालले बगंलादेशलाई ३–१ ले हराएको हो । नेपालको जितमा फरवर्ड अन्जन विष्टले ह्याट्रिक गरे ।
१८ औँ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले अग्रता दिलाएका थिए । विमल घर्तिमगरको फ्रिकीकमा अन्जनले हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । विपक्षी खेलाडीले फउल गरेपछि नेपालले फ्रिकीक पाएको थियो ।
खेलको २७ औँ मिनेटमा अन्जनको गोलमा नेपालले अग्रता दोब्बर पार्यो । तेज तामाङको प्रहार विपक्षी गोलरक्षक पन्च गर्दै रोकेपछी आएको रिबाउण्ड बलमा अन्जनले गोल गरे ।
३८ औ मिनेटमा अन्जनले ह्याटिक पुरा गरे । विशाल राईको फ्रिकीकमा अन्जनले बललाई पोष्टको दिशा दिएका थिए ।
खेलको ५३ औँ मिनेटमा तेज तामाङको प्रहार दोस्रो बारको नजिकबाट बाहिरियो । ५७औँ मिनेटमा सज्जाद हुसेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए ।
त्यसपछी खेलमा थप गोल हुन नसक्दा नेपालले सानदार जित निकालेको हो ।