निर्वाचन बहिष्कारको तयारी गर्दै क्रान्तिकारी माओवादी

निर्वाचन बहिष्कारको तयारी गर्दै क्रान्तिकारी माओवादी

लक्ष्मी घिमिरे
नवलपरासी पश्चिम – नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीको पुर्ण बैठक प्रशिक्षणात्मक रुपले सम्पन्न भएको छ । बर्दघाटमा सोमवार भएको बैठकले आसन्न संसदीय निर्वाचनलाई पार्टी केन्द्रको नीति अनुसार सक्रिय रुपले बहिस्कार गर्ने निर्णय गरेको प्रदेश सचिवलाय सदस्य तथा जिल्ला सेक्रेटरी चोलाले जानकारी दिनुभयो ।
संघीय जनगणतन्त्रको तयारी गरौ ! आसन्न संसदीय निर्वाचनको बहिष्कार गरौं !! भन्ने मुल नाराका साथ निर्वाचनलाई सक्रिय रुपले बहिस्कार गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

 

सो कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका सेक्रेटरी संकुल , पार्टीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईन्चार्ज संकल्प, अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले प्रशिक्षण दिनुभएको सो पार्टीले जनाएको छ ।


कार्यक्रममा पार्टीका पीबीएम संकुलले आधारभुत वर्गका जनताको माग उठाउदै पार्टीलाई नयाँ गतिमा लैजान नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । उहाँले मिटरब्याजी र लघुबित्त जस्ता सुदखोरहरु पहिचान गर्दै संर्घष उठान गर्न निर्देशन समेत दिनुभयो । नेता संकुलले कार्यनीतिक हिसावले प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन बहिस्कार गर्दा त्यसले रणनीतिलाई समेत सेवा पुग्ने उल्लेख गर्दै पार्टी नीतिलाई पक्डेर कार्यक्रम बनाउनुपर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज संकल्पले जिल्लाको सापेक्षतामा मिटर ब्याजी तथा लघु बित्त बिरुद्धको आन्दोलनलाई सक्रिय रुपले उठान भएको भन्दै मजदुर किसान तथा सबै उत्पिडित वर्गको अधिकारका लागि पार्टी लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय संयोजक कमल चौधरीले पार्टीले लिएको संघीयताको नीति तथा राष्ट्रियता जनतन्त्र र जनजिविकाको सम्बन्धमा प्रशिक्षण दिनुभयो । सो अवसरमा पार्टीको सबै स्थानीय तहका प्रमुख , जनवर्गीय मोर्चा संगठनका जिल्ला अध्यक्ष तथा संयोजकलगायतले रिर्पाेटिङ समेत राख्नुभएको सेक्रेटरी चोलाले जानकारी गराउनुभयो ।