राष्ट्रघात, जनघात, कालाबजारी र मुल्यवृद्धि विरुद्ध क्रान्तिकारी माओवादीकाे काठमाडौंमा विराेध र्याली र सभा (फाेटाेफिचर)

राष्ट्रघात, जनघात, कालाबजारी र मुल्यवृद्धि विरुद्ध क्रान्तिकारी माओवादीकाे काठमाडौंमा विराेध र्याली र सभा (फाेटाेफिचर)

  1. काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल प्रदेश ३ काे आयाेजनामा राष्ट्रघात, जनघात, कालाेबजारी र मुल्यवृद्धिका विरुद्ध विराेध र्याली तथा सभा सम्पन्न गरेकाे छ । रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएकाे विराेध र्याली तथा युवा मार्चपास पुरानाे बसपार्क, भद्रकाली, सुन्धरा, न्युराेड, वायुसेवा निगम, वीर अस्पताल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विराेधसभामा परिणत भएकाे थियाे । विराेधसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपा (क्रान्तिकारी माओवादी)का पाेलिटव्युराे सदस्य तथा प्रदेश ३ का इन्चार्ज चन्द्रहरि सुवेदी, क्रान्तिकारी युवा लिगका अध्यक्ष केशव ढलकाेटी लगायतका नेताहरुले सम्बाेधन गर्नुभएकाे थियाे ।
    क्रान्तिकारी युवा लिगका प्रदेश ३ का संयाेजक असल वाइवाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रमकाे सञ्चालन जितु गाेलेले गरेका थिए ।