निर्वाचन बहिस्कार गराै ! भन्दै क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा अपिल जारी

निर्वाचन बहिस्कार गराै ! भन्दै क्रान्तिकारी ट्रेड युनियन महासङ्घद्वारा अपिल जारी

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले अाज एक अपिल जारी गर्दै अागामी मङ्सिर ४ गते हुन गइरहेको संसदीय चुनाब बहिष्कार गर्ने जनाएको छ । वर्तमान राज्य व्यवस्था दिन प्रति दिन मजदुर र किसानका विपक्षमा गएको र याे व्यवस्थामा गरिने चुनावले देशलाई अझ बढी भयावह बनाउने भन्दै देश र जनघाती चुनाव भएकोले बहिष्कार गर्ने बताएको हाे । अपिलकाे पुर्ण पाठ-                                 

मजदुरहरुलाई संसदवादी तथा अभिजातवर्गले सिर्जना गरेका भ्रमबाट मुक्त गरौं! नयाँ जनवादी ब्यबस्थाको पक्षमा जनमत सिर्जना गर्न संसदीय निर्वाचन बहिस्कार गरौं!!

आदरणीय मजदुर तथा परिवर्तन प्रेमी जनसमुदायहरु!
नयाँ,उदियमान र क्रान्तिकारीवर्गको रुपमा मजदुरवर्ग नेपाली समाजको सबैभन्दा ठुलो शक्ति बनेर अगाडि बढिरहेको छ।औद्योगिक श्रम बजारको स्थापना भएको ८६ बर्षमा झण्डै ६० लाख नेपाली र त्यति नै संख्यामा वैदेशिक श्रम बजारमा आवधिक र स्थायी रुपले कृयाशिल हुनु आफैमा ठुलो ताकत हो।यो बिशाल पंक्ति देश निर्माणको मेरुदण्ड रहदै आएको कुरा निर्विवाद छ।श्रमिकहरुको यहि विशाल लहरमा उभिएर हाम्रो संगठन मजदुरहरुका अभिलाषा, आकांक्षा र आवजहरुको प्रतिनिधित्व गर्दै संघर्षरत रहेको कुरा पुनर्ताजगी गर्दै यसको नेतृत्व गर्ने प्रतिवद्दता समेत व्यक्त गर्दछौं।
एकातिर स्वदेशमा रोजगारीका साथै न्यायोचित पारिश्रमिकको अभाव,राजनीतिक सहभागिता र समुचित प्रतिनिधित्व सहित समाजिक न्याय तथा आर्थिक लगायतका विभेदहरुको अन्त्य जस्ता मजदुरवर्गका आकांक्षाहरु प्रवल बनिरहेका छन भने अर्कोतिर भयावह रुपमा बढिरहेको श्रमिक आप्रवासन, चर्को श्रम शोषण र विभेदकारी श्रम अभ्यास समेतका कारण मजदुरहरु सीमान्तकृत बनाइएका छन।ठेकेदारी,अस्थायी,करार र ज्यालादारी प्रथा जस्ता नव उदारवादी अवधारणा स्थापित गर्दै श्रम बजारलाई पुजिपती मैत्री मात्रै बनाइएको छैन मजदुरहरुका पेशागत,कानुनी र राजनितिक अधिकार समाप्त पार्ने प्रयासहरु भैरहेका छन।ब्यबस्थापिका,कार्यपालिका र न्यायपालिका जस्ता राज्यका महत्त्वपूर्ण निकायहरुमा मुठ्ठीभर दलाल पुजिपती र नोकरशाही तन्त्रको बर्चस्व कायम गरिएको छ।मजदुरहरु ठगिएका छन,सताइएका छन तर बिरोधको आवाजलाई कतैबाट सुनुवाइको सम्भावना छैन।मजदुरहरुका नाममा दर्जनौं ट्रेड युनियनहरु खुलेका छन तर ती अधिकांश संसदीय शक्तिहरुका
लागि मत बटुल्ने धन्धा गर्ने ,पुजिपतीबर्गको पछ्यमा काम गर्ने र साम्राज्यवादी लगानीमा हुर्किएर अभिजातवर्गमा फेरिइसकेका छन।यस्तोमा हामीले मजदुर आन्दोलनमा क्रान्तिकारी धाराको रछ्या र बिकास गर्ने काम बारे गम्भीरता पुर्वक सोच्नु जरुरी भएको छ।
ब्यबस्थापिका संसदले मजदुरहरुका अधिकार कटौती गर्ने ऐन कानुनहरु निर्माण गर्दै आएको छ।पुजिपतीवर्गको प्रभाव र नवउदारवादी नितिका कारण संसदमा वाम वा प्रगतिशील शक्तिको समेत उपस्थित असंभव हुँदै गएको छ।६० लाख वैदेशिक मजदुरहरुको चुनावी सहभागिता असंभव मात्रै होइन कार्य स्थलमा मतदानका अबस्था नहुनुले स्वदेशी श्रमिकहरुको मतदानमा सहभागि हुने परिस्थिति समेत छैन।कथित गठबन्धनका नाममा थैलिपतीहरुद्वारा कार्टेलिंग गरिएको छ र चुनाव फगत एउटा औपचारिक प्रक्रियामा दुई गुटहरु मध्ये एउटा छनौट गर्ने विकल्पमा सिमित गरिएको छ।MCC,SPP जस्ता अमेरिकी सामरिक योजना अगाडि बढाउने साम्राज्यवादका एकाधिकारी दलाल तत्वहरुले नै राज्य शक्तिको प्रयोग गरेर गर्न लागिएको चुनाव मार्फत निस्कने परिणाम पनि तिनै तत्वहरुको मिलोमतोमा शासन सत्ताको आपसमा भागवण्डा गरिने पक्का पक्की छ।यस्तो अबस्थामा मजदुरवर्गको प्रतिनिधित्व सहितको नयाँ जनवादी राजनितीक ब्यबस्था स्थापना गर्न मजदुरहरुका बिचमा क्रान्तिकारी बैकल्पिक कार्यक्रम बारे बहस,छलफल र जागरण पैदा गर्न आगामी मंसिर ४ गते भनिएको चुनाव बहिस्कार गर्नु सहि बाटो हो। त्यसको निम्ति सबैलाई सकारात्मक योगदान दिन हुन समेत हामी विशेष अनुरोध गर्न चाहन्छौं।
क्रान्तिकारी अभिवादन सहित!
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
केन्द्रीय समिति ।