साताकाे कविता
सपनाहरू
फेरि ब्युँझिएका छन्
इच्छुकसँग
अँध्यारो र उज्यालोका बिच
सपनाहरू शस्त्र लिएर
उभिएका छन्
र इच्छुकसँग
वार्तालाप गर्दैछन्
जीवन मृत्युु र मुक्ति
सशरीर उभिएर
स्वप्नगीत गाइरहेछन्
इच्छुकसँगै
केहीबेर नै भए पनि
इच्छुकसँग हुँदा
स्वप्नयात्रा लय हुन्छ
आफैंभित्रको दुस्मन भने
अर्थात् धोखेबाज भने
आतङ्कित हुन्छ
र परपर सर्छ
अनि बैरी कित्तामा
सामेल हुन्छ
इच्छुकहरूको कविता
च्यातेर फाल्छ
इच्छुक त
गोर्की र लुसुन झैँ
चम्किरहेछन् ।