२२ भाद्र सुनसरी,इटहरी ।
नेकपा(क्रान्तिकारी माओवादी) प्रदेश नम्बर १ को विषेश बैठक सम्पन्न भएको छ ।
पार्टी केन्द्रिय समितिको भाद्र १० र ११ गते बसेको बैठकले आउदो मंसिर ४ गते हुने निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरेको थियो । सोहि निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वन गर्ने उद्देश्यले पार्टीको प्रदेश बैठक सम्पन्न भएको हो ।
बैठकले हत्या ,हिंसा ,दमन ,लुट ,आतंक ,भ्रष्टाचार अन्याय ,अत्याचार र राष्ट्रघातलाई बल पुर्याउने प्रतिक्रियावादी निर्वाचन बहिष्कार गर्न सक्रिय तथा प्रचारात्मक रुपमा महत्वपूर्ण भुमिका खेल्ने निणर्य गरेको छ ।
बैठकले निर्वाच्न बहिष्कार गर्नुको अर्थ जनतालाई बुझाउन प्रचारात्मक रुपमा जोड् दिदै जनसभा गर्ने , भित्तेलेखन ,प्रर्चा वितरण तथा पोष्टर टाँस्ने कामलाई अगाडि बढाउने निर्णय भएको नेकपा(क्रान्तिकारी माओवादी) का प्रदेश सेक्रेटरी सरलले बताउनु भयो ।
उहाँले पार्टीका मोर्चा ,विभाग तथा जनवगिंय संगठनहरुको बैठक बसाउने र पार्टीमा आवद्ध सम्पूर्ण कमरेडहरु निर्वाचन बहिष्कारमा सक्रियरुपमा लाग्नु पर्ने लगायतका निर्णयहरु भएको जानकारी दिनु भयो ।
उक्त बैठकको प्रमुख अतिथी रहनु भएका पार्टीका स्थायी कमिटि सदस्य सिपी गजुरेलले मूख्य रुपमा सबै जनताले थाहा पाउने गरी प्रचारात्क बहिष्कारलाई अगाडि बढाउन निर्देशन दिनु भयो ।
उहाँले राष्ट्रियता ,जनतन्त्र र जनजीवीकाको रक्षा गर्ने जिम्मा क्रान्तिकारी माओवादीहरुको भएको भन्दै त्यसका लागि प्रतिक्रियावादी निर्वाचनलाई बहिष्कार गर्नु नै अहिलेको आवश्यता रहेको भनाई राख्नु भयो ।
बैठकमा अतिथि रहनु भएका पार्टीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर १का इन्चार्ज दिनेश शर्माले सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुको आन्दोलनलाई समाप्त पार्न दुस्मनहरु भाइरसको रुपमा खडा भएको बताउनु भयो । उहाँले यस्ता भाइरसहरु परास्त गर्न डटेर निर्वाचन बहिष्कार गर्नु पर्ने बताउनु भयो । उहाँले प्रतिक्रयावादी निर्वाचनलाई राजनीतिक रुपमा भण्डाफोर गर्दै बहिष्कारको माध्यमबाट राष्ट्रियता ,जनतन्त्र र जनजीवीकाको मुद्दा आम नागरिमा पुर्याउनु पर्ने धारणा राख्नु भयो ।
































