नवलपरासी – लघु बित्त बिरुद्धको संर्घष समिति बर्दघाट नगर समितिले नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बर्दघाटमा शनिवार आयोजित अन्तरक्रियामा संर्घष समितिकी अध्यक्ष धनमाया तामाङको नेतृत्वमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्रमा लघु बित्तले आफूहरु माथि चर्काे ब्याज लगाएको,  कोरोना कहरमा समेत सहुलियत नदिएको र ऋण असुलीका क्रममा ज्यादती तथा दुब्र्यबहार समेत गरेको उल्लेख गर्दै ध्यानाकर्षण पत्र बुझाएको तामाङले जानकारी गराउनुभयो । क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी छविलाल खरेललाई उक्त ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

सो क्रममा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी खरेलले लघु बित्तका बारे जनताका धेरै गुनासोहरु आएको र ती समस्याहरुलाई पार्टीले गहिराईमा बुझेर त्यसको समाधानमा लागि पहल लिने प्रतिबद्धता जनाउनुभयो ।

अन्तरक्रियामा लघुबित्त पीडितहरुले आफ्ना दुःखका अनुभव समेत ब्यक्त गर्दै न्यायका लागि पहल गर्न आग्रह गरेका थिए । 

सो क्रममा लघु बित्त बिरुद्धको संर्घष समितिमा आबद्ध महिलाहरु जगुमाया थापा, माया पुन,सुशिला सुनार, ईन्द्र कुमारी तामाङ,मिन कुमारी बुढाथोकी, कमला थापा क्षेत्री,शोभा विक,सुमित्रा सार्की,तारा रानालगायतले लघुबित्तले ऋण असुलीका क्रममा  मानवीय संबेदनाको समेत ख्याल नगरेर बिरामी तथा सुत्केरी बेलामा समेत आफूले पालेका बाख्रा, कुखुरा , भाडाकुडा,  बेड समेत लिन आउने धम्की दिदै दुब्र्यवहार गरेको सुनाउनुभएको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित खवर