काठमाडौं । अखिल नेपाल लेखक संघले इच्छुक साँस्कृतिक प्रतिष्ठानकाे सभाहलमा आयाेजना गरेकाे ‘कविता र कविता-चर्चा’ कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव समेत रहनु भएका बरिष्ठ साैन्दर्य चिन्तक चैतन्यले कवितामा वर्गीय पक्षधरता र प्रतिबद्धता झल्केकाे हुनुपर्ने विचार व्यक्त गर्नुभएकाे छ ।
चाैतर्फी संशाेधनवादी र अवसरवादी भुमरीबाट बच्दै तीनवटै पिढीका साँस्कृतिक याेद्धाहरुकाे भव्य उपस्थिति र काव्य प्रस्तुतिप्रति खुशी व्यक्त गर्दै चैतन्यले निरपेक्ष स्वतन्त्रता र स्वच्छन्दताकाे वकालत गर्नेहरुलाई ‘स्वतन्त्रता आवश्यकताकाे चेतना’ भएकाे बताउनु भयाे ।
“काव्य सिर्जना किन गर्ने, के का लागि गर्ने आदि विषयमा सर्जकहरु स्पष्ट हुनुपर्छ ।’ उहाँले भन्नुभयाे, “कवितामा अनुभूति र आवेग मिसाएर लेख्दा हुन्छ । कविताले दिशा निर्देश गर्नुपर्छ । दुनियाँ बुझ्ने मात्र हाेइन, बदल्ने चीज हुनु पर्छ ।  कवितामा वर्गीय पक्षधरता र प्रतिबद्धता झल्केकाे हुनुपर्छ ।”
कार्यक्रममा १५ जना सर्जकहरुले आफ्नाे काब्यिक रचनाहरु पाठ गर्नु भएकाे थियाे ।
चैतन्यले प्रस्तुत कविताहरुमा सत्य र यथार्थकाे सम्बाेहन रहेकाे, जनहितमा आधारित रहेकाे भन्दै कविताहरुले राम्रैसँग विचार र अनुभूतिलाई अभिव्यक्त गरेकाे बताउनु भयाे ।
उहाँले कविताहरुले कुरुपताकाे विराेध र रुपान्तरणकाे पक्षमा उभ्याएकाे भन्दै कविहरुलाई धन्यवाद समेत दिनु भएकाे थियाे ।

साैन्दर्य चिन्तक निनु चापागाईले प्रस्तुत कवितारु यथार्थवादी, समसामयिक र आजकाे सन्दर्भमा सान्दर्भिक र सुन्दर रहेकाे भन्दै चारवटा कविता- वैचारिक- आदर्श स्खलमा आधारित रहेकाे, चारवटा लैङ्गकि उत्पीडनसँगग सक्बन्धित रहेकाे, र, जातीय तथा क्षेत्रीय उत्पीडनलाई समेत कवितामा उतारिएकाे बताउनु भयाे ।उहाँले साहित्य सिर्जनाले समाज रुपान्तरणमा सहयाेगीकाे भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयाे ।
डा. ताराकान्त पाण्डेय र कवि भूपाल राईले पनि कवितामा अभिव्यक्त भएका वर्गीय पक्षधरताकाे विषयमा चर्चा गर्नु भयाे ।
कमर्यक्रममा कविहरु विमल निभा, यज्ञबहादुर डाँगी, विनाेदविक्रम केसी, पञ्चकुमारी परियार, केशव सिलवाल,
राेशन जनकपुरी, प्रकाश गुरागाई, नारायण शर्मा ‘विपिन’,
केवल बेनावी, शाेभा दुलाल, विन्दु शर्मा, राजु स्याङतान, पुरुषाेत्ताेम आचार्यर गाैरी देवकाेटा र अनिल श्रेष्ठले कविता पाठ गरेका थिए ।
आयाेजक संगठन अखिल नेपाल लेखक संघका अध्यक्ष मित्रला पंज्ञानीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे सञ्चालन सुनिता बुढाथाेकीले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर