संसदवादको विकल्प नयाँ जनवाद 

  संसदवादको विकल्प नयाँ जनवाद 

 

 
” राज्य मेसिनरी एक वर्गको हातबाट अर्को वर्गको हातमा सर्ने चीज होइन , सर्वहारा वर्गले – जनताले पुरानो राज्यमेसिनरीलाई ध्वस्त पारेर नयाँ राज्यमेसिनको निर्माण गर्नु पर्छ ।”   – कार्ल माक्र्स 
 
 संसदवाद अर्थात् संसदीय व्यवस्था  व्यवस्था पुँजीपति वर्गको शासन प्रणालीको नाम हो  । अंग्रेजीमा यसलाई पार्लियमेन्ट भनिन्छ । यो व्यवस्था मन्त्रीमण्डलवादमा आधारित व्यवस्था हो । यसको दार्शनिक आधार बहुलवाद हो । 
    आवधिक निर्वाचन , बहुतको सरकार , अल्पमतको विपक्ष , कानुनी राज्य , मानवअधिकारको प्रत्याभूति  आदिलाई यसका विशेषता बताइन्छ । तर जनताको हितविपरीत शोषणकारी व्यवस्था भएकोले यसका व्यवस्थाका विशेषताहरु हात्तीका देखाउने दाँत मात्रै हुन् ।
     एउटा अर्ध सामन्ती र नवउपनिवेशिक मुलुकमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । नयाँ जनवादी क्रान्तिको विजयले जनताको जनवादी राज्यव्यवस्था . स्थापना गर्छ र त्यस पछि जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ ।
     नेपाल अझैसम्म पनि अर्ध सामन्ती र नवउपनिवेशिक अवस्थामै छ । यस अवस्थामा रहेको नेपालमा गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति हो । त्यसपछि नेपालमा पनि जनताको जनवादी अधिनायकत्व स्थापना गरिनेछ । 
     आज नेपालमा एकातिर दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको छ अर्कोतिर नयाँ जनवादी क्रान्तिको तयारी पनि तीव्र गतिले अगाडि बढाउने काम भइरहेको छ । त्यसैले आज हाम्रो जस्तो अर्ध सामन्ती र नवउपनिवेशिक अवस्थामा रहेको मुलुक संसदवाद अर्थात् संसदीय व्यवस्थाको विकल्प नयाँ जनवाद हो  । नयाँ जनवादी क्रान्ति हो । महान् नयाँ  नेपाली जनवादी क्रान्तिले मात्रै नेपालमा सञ्चालन भइरहेको दलाल संसदीय व्यवस्थालाई अन्त्य गरेर नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नेछ । त्यसपछि नेपालमा जनताको जनवादी अधिनायकत्व कायम गरेर वैज्ञानिक समाजवादी व्यवस्थामा प्रवेश गर्ने बाटो तय गर्नेछ ।
    नयाँ जनवादी राज्य व्यवस्थाको दार्शनिक आधार माक्र्सवादी दर्शन हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद यसको विश्वदृष्टिकोण हो ।
         यसका साथै यो कुरा पनि जानकारीमा राखिराख्न जरुरी हुन्छ कि  जुन मुलुकमा पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको छ भने त्यस मुलुकमा गरिने क्रान्ति वैज्ञानिक समाजवादी क्रान्ति हो । त्यस क्रान्तिको सफलता पछि वैज्ञानिक समाजवादी राज्य व्यवस्थाको स्थापना हुन्छ । र , त्यहाँ सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरिन्छ । र , त्यसपछि वैज्ञानिक साम्यवादमा पुग्ने बाटो तय गरिन्छ ।
     यहाँ नेपालको सन्दर्भलाई ध्यानमा राखेर यो लेख लेख्ने प्रयत्न गरिएको छ भने समग्रमा संसदवाद , संसदीय व्यवस्था के हो ? र नयाँ जनवादी व्यवस्था के हो ?  नेपालमा नयाँ जनवादी व्यवस्थाको  विकल्प छैन ,  जस्ता विषयहरुमम बढी जोड दिइनेछ ।
       आज नेपालमा संसदीय बहुदलीय व्यवस्था चलिरहेको छ । तर यो संसदीय व्यवस्था सर्वत्र रुपमा असफल भइसकेको छ । यसको व्यवस्थापिका , कार्यपालिका , न्यायपालिकाका तीनओटै अंग असफलसिध्द भइसकेका छन्  । यो संसदीय व्यवस्थाका कारण मुलुकको राष्ट्रिय स्वाधीनता धरापमा परिसकेको छ । दलाल संसदीय व्यवस्थाका सञ्चालकहरुले मुलुकका नदी नालाहरु भारतीय विस्तारवादलाई बेचेका मात्रै छैनन् , कालापानी , लिपुलेक , लिम्पियाधुरा जस्ता नेपाली भूभाग भारतले अतिक्रमण मात्र गरेको छैन कि आफ्नो नक्सामा राख्दै आएको छ ।
    भारतीय विस्तारवादले नेपालको ७२ स्थानमा सिमाअतिक्रमण गरेको छ र करीब ६० हजार हेक्टर जमिन अतिक्रमण गर्दै आएको छ । यस विषयमा दलाल शासकहरु ” चू ” सम्म पनि गरिरहेका छैनन् र साम्राज्यवादी र विस्तारवादीहरुको सामु लम्पसार परेर आत्मसमर्पण गर्दै आएका छन् । 
    यति मात्र हाम्रो देशका दलाल शासकहरुले एमसीसी जस्तो राष्ट्रघाति संझौता संसदबाट पारित गरेर नेपाललाई अमेरिकी साम्राज्यवादबादको क्रिडास्थल बनाउने कोसिस गरिरहेका छन् ।
   साथै हाम्रो देशका दलाल शासकहरुले भारतीय विस्तारवादी शासकहरुको ग्राण्डडिजाइनमा  आज आएर राष्ट्रघाति नागरिकता विधेयक ल्याएर नेपाललाई फिजीकरणको दिशातिर अग्रसर बनाएर महेन्द्र चौधरीहरुलाई जन्माउन गइरहेका छन् ।
     नेपाली जनताका जनजीविका , जनतन्त्र लगायतका मौलिक हक अधिकारहरु हनन् भइरहेका छन् । जनताका गास , वास र कपासका समस्याहरु विक्राल बनिरहेका छन् । चर्को महंगीले नेपाली जनताको ढाड सेकिएको छ । चरम बेरोजगारीका कारण लाखौं युवा शक्ति वर्षेनी विदेश पलाएन हुन बाध्ये भइरहेका छन् । 
  शिक्षाको क्षेत्रमा भएको व्यापारिककरण र माफियाकरणका कारण जनताका छोराछोरीहरु आधारभूत शिक्षा प्राप्त गर्ने अधिकारबाट समेत बञ्चित हुने अवस्था सृजना भइरहेको छ । स्वास्थ्य क्षेत्रमा भइरहेको माफियाकरण र चरम भ्रष्टिकरणका कारण जनताको जीवन कष्टकर बनिरहेको छ ।
    हत्या , बलत्कार , आतंकले नेपाली जनता त्राहि त्राहिमा पर्दै आइरहेका छन् र अपराधीहरुलाई दण्डित गर्नुको सट्टा राज्य पक्षबाट संरक्षण गर्ने काम भइरहेको छ ।
     तस्करी , कालो बजारी , महंगि , कमिसखोर , मुनाफाखोर , माफिया तन्त्र र विचौलीयाका कारण नेपाली अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको छ । र जनाएको जीवनस्तर दिनप्रतिदिन खस्दै गइरहेको छ ।
    नामधारी तथा नक्कली कम्युनिस्टहरू नवप्रतिक्रियावादमा पतन भएर मुलुकका घोर प्रतिक्रियावादीहरुसित घाँटी जोड्न पुगेर प्रतिक्रियावादी सत्ता सञ्चालन गर्न पुगेका कारण मुलुक असफल राष्ट्रका रुपमा परिणत हुन पुगेको छ । 
    यस प्रकारको वर्तमान अवस्थामा नेपाली जनताका राष्ट्रियता , जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको समाधान कसरी हुन सक्छ ? त्यसका लागि संसदीय व्यवस्था उपयुक्त व्यवस्था हो  अथवा नयाँ जनवादी राज्य व्यवस्था ? आज यही नै नेपाली राजनीतिको बहसको मुख्य मुद्दा बन्न पुगेको छ । 
   यस्तो अवस्थामा एकातिर  दलाल राजनीतिक पार्टीहरु नेपाली काँग्रेस , एमाले , माके , एस समाजवादी , मधेसवादी राजनीतिक पार्टीहरु यही सढेगलेको भ्रष्ट तथा दलाल संसदीय व्यवस्थालाई टिकाई राख्नका निम्ति आवधिक निर्वाचन गर्ने र यसै पश्चिमा संसदीय व्यवस्थालाई टिकाई राख्ने अनेक खालका प्रपञ्चहरु रचिरहेका छन् ।
   अर्कोतिर मुलुकका नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) लगायतका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र सच्चा देशभक्त , जनवादी तथा प्रगतिशील शक्तिहरु आमूल परिवर्तन अर्थात् महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् तथा कठिन यात्रा सम्पन्न गर्ने रणनीतिक योजनाका साथणै णणणण तयारी गरिरहेका छन् । आजको नेपालको राजनीतिक क्षेत्रको द्वन्द्ववाद यही नै हो ।
 
(१) संसदीय व्यवस्था
 
     संसदीय व्यवस्था पुँजीपतिवर्गको शासन प्रणालीको नाम हो । सामन्तवादका विरुद्ध संघर्षका क्रममा संसदीय व्यवस्थाको जन्म भएको हो । तत्कालीन अवस्थामा फ्रान्स , इङ्गल्याण्डका नवजात पुँजीपतिहरुले स्वतन्त्रता , समानता र भातृत्वको नारा लगाउँदै अगाडि बढे र तिनै नारालाई केन्द्रविन्दु बनाई पश्चिमी युरोपका कैयौं देशहरूमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए  । त्यो बेला पुँजीपतिवर्ग प्रगतिशील वर्ग थियो र त्यसले अगाडि सारेको राजनीतिक अर्थात् संसदीय व्यवस्था पनि प्रगतिशील थियो ।
   जब पुँजीवादको विकासका साथसाथै सर्वहारा वर्गको विकास पनि हुन गयो , जब पुँजीपति सर्वहारा वर्गको श्रमशक्तिको शोषण गरी बाँच्ने परजीवी वर्गको रुपमा देखा पर्यो , जब त्यसले हकअधिकारका लागि लड्दै पेरिस कम्युनका सर्वहाराहरुमाथि पाशविक र क्रुर आक्रमण गर्यो र जब पुँजीवाद साम्राज्यवादमा विकसित भयो र त्यसले आफ्नो देशका श्रमजीवी वर्ग मात्र होइन , अविकसित देशका जनताको शोषणका लागि पुँजी नियार्त एवम् खुला सैनिक आक्रमण र हस्तक्षेप समेत गर्न पुग्यो , त्यो बेला देखि पुँजीवादको अर्थ युध्दपिपासु साम्राज्यवाद बन्न पुग्यो ।
      स्वतन्त्रता , समानता र भातृत्वको नारा दिने पुँजीपतिवर्ग श्रमजीवी जनताको स्वतन्त्रता , समानता र भातृत्वका विरुद्ध खडा भयो । त्यसले मुखमा प्रजातन्त्र र हातमा बन्दुकको सहारा लिएर जनतामाथि अधिनायकत्व चलाउन पुग्यो ।
      यसैक्रममा पुँजीवाद र संसदीय व्यवस्थाका विरोधमा , सम्पूर्ण शोषण र अन्याय – अत्याचारका विरुधमा सर्वहारा जनवाद , वर्गीय मुक्तिको नारा घन्काउँदै मानवजातिक‍ो इतिहासमा सबैभन्दा क्रान्तिकारी र सबैभन्दा प्रगतिवादी वर्गका रुपमा सर्वहारा वर्ग देखा पर्यो । त्यसैक्रममा सन १८४८ मा कार्ल माक्र्स र फ्रेडरिक एंगेल्सद्वारा सर्वहारा वर्गको मुक्तिको सिध्दान्तको रुपमा माक्र्सवादको प्रतिपादन भयो । यसले विश्वमा नयाँ क्रान्तिका साथ हलचल नै ल्यइदियो । त्यसपछि विश्वमा सर्वहारा वर्ग नयाँ युग र नयाँ क्रान्तिको नायक बनेर जन्मियो । सन १९१७ मा रुसमा सर्वहारा वर्गको नेतृत्व र अधिनायकत्वमा महान् समाजवादी क्रान्ति सम्पन्न भयो 
     त्यसपछि विश्वका कैयौं उत्पीडित देशहरूमा सर्वहारा वर्गको नेतृत्व र जनताको संयुक्त अधिनायकत्वमा सन १९४५ मा भियतनाम , उत्तर कोरियामा र सन १९४९ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भए । पूरवी युरोपका २० आौं देशहरुमा सोभियत मोडलको समाजवाद लागु गरियो भने कम्वोडिया , क्युवा आदि देशहरुमा पनि क्रान्ति सम्पन्न गरिए ।  यी सबै ऐतिहासिक घटनाक्रमहरुबाट विश्वमा संसदीय व्यवस्था पुरानो र कालातीत वस्तु बन्न पुग्यो र आजको  साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा नयाँ जनवाद र वैज्ञानिक समाजवाद क्रान्तिकारी राज्यव्यवस्था प्रमाणित हुन पुगे ।
 आज  संसदीय व्यवस्था कस्तो व्यवस्था हो भन्ने बारेमा टाढा जानु पर्दैन  हाम्रो देश नेपालकै दलाल तथा देश  लुटेराहरुले लचाउँदै आएको संसदीय  व्यवस्थालाई हेरे पुग्दछ ।
   संसदीय व्यवस्था कस्तो व्यवस्था हो ? भन्ने बारेमा विश्व सर्वहारा वर्गका महान् लेनिनले भन्नुभएको छफ, ” अमेरिकादेखि स्वीट्जरल्यान्डसम्म , फ्रान्सदेखि इङ्गल्याण्डसम्म , नर्वे आदिसम्म चाहे कुनै संसदीय देशलाई लिनुहोस् राज्यका असली काम पर्दाको आडमा फत्ते गरिदिन्छन् । र , त्यो काम दफ्तर र फौजीसदरमुकाममा पर्दछ । संसदलाई आम जनता बेबकुफ बनाउने उद्श्येले बकवास गर्नका लागि जिम्मा दिइन्छ । ” 
   हो , आज महान् लेनिनले भने जस्तै इतिहासले के कुरा प्रमाणित गरिसकेको छ भने संसदीय व्यवस्था जनतालाई बेवकुफ बनाउने व्यवस्थावाहेक अरु केही होइन । यो कुरा नेपालको संसदीय व्यवस्था र संसदीय पार्टी र तिनका नेताहरुले समेत प्रमाणित गरिसकेका छन् ।
   संसदीय व्यवस्थाले जनतालाई कसरी बेवकुफ बनाएको हुन्छ ? भने पुँजीपति वर्गले र शोषक वर्गले असली राज्यसत्ता बन्दुकको भरमा टिकाएको हुन्छ  , शोषक वर्गको राज्यमेसिनरीले जनतालाई निर्मम तरिकाले कुल्चेर दबाउने काम गर्दछ । यो कसरी हो  भने संसदमा गएका प्रतिनिधिहरु खाली प्रजातन्त्रको नारा अलाप्ने र जनता ठग्नका लागि बकवास गर्ने मात्र हुन् , उदाहरणका रुपमा नेपालको संसदीय व्यवस्था र त्यसका जनप्रतिनिधिहरुलाई लिन सकिन्छ । उनीहरूले जनतालाई कतिसम्म बेवकुफ बनाए भने अरु बेवकुफी गर्दै आएका थिए थिए ,  राष्ट्र  घाति एमसीसी संझौता गरेर देशलाई समेत बन्दकी राख्ने काम गरिसके । 
   त्यसैले त माक्र्सले भन्नुभएको छ , ” राज्यमेसिनरी एक वर्गको हातबाट अर्को वर्गको हातमा सर्ने चीज होइन , सर्वहारा वर्गले जनताले पुरानो राज्यमेसिनरीलाई ध्वस्त पारेर नयाँ राज्यमेसिनको निर्माण गर्दछ।”  सर्वहारा वर्गका अर्का महान् कमरेड माओले ” राज्यसत्ता बन्दुकको नालबाट जन्मन्छ ” भन्ने कुरा पनि यसै सन्दर्भमा भन्नुभएको हो ।
  संसदीय व्यवस्था जनविरोधी व्यवस्था हो भन्ने कुरा आज विश्वमा प्रमाणित भइसकेको छ । वर्गसमाजमा प्रजातन्त्रको चरित्र पनि वर्गीय हुन्छ । संसदीय व्यवस्था जनतामाथि तानाशाही लाद्ने शोषकहरुको प्रजातन्त्र हो , जनताको जनवाद भनेको अन्ततः नयाँ जनवाद नै हो  ।
 
( २) नयाँ जनवादी व्यवस्था 
 
   नयाँ जनवाद ९० प्रतिशत जनताको पूर्ण जनवाद हो ।नयाँ जनवादले नेपाली जनतालाई आर्थिक , राजनीतिक , सामाजिक , साँस्कृतिक हरेक क्षेत्रमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध मुक्ति प्रदान गर्दछ । जनताका राष्ट्रियता , जनतन र जनजीविकाका आधारभूत समस्याको असली हल पनि नयाँ जनवाद नै हो र त्यो बलप्रयोग ( वर्गसंघर्ष ) को भूमिकाद्वारा मात्र प्राप्त हुन सक्छ । 
    यस व्यवस्थामा जनताको जनवादी अधिनायकत्व कायम गरिन्छ । र , यसले वैज्ञानिक समाजवादी राज्यव्यवस्थामा प्रवेश गर्ने बाटो तय गर्दछ । वैज्ञानिक समाजवाद साम्यवादमा पुग्ने अन्तिम र अनिवार्य बाटो हो ।
    अहिले  नेपाली जनतालाई फेरि बेवकुफ बनाउनका लागि  हाम्रो देश नेपालमा संसदवादीहरुद्वारा  आगामी मंसिर ४ गते संघीय संसद र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) उक्ति प्रतिक्रियावादी संसदीय निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिसकेको छ । यो स्थितिमा सच्चा देशभक्त , जनवादी र वामपन्थीहरूले यस संसदीय व्यवस्थाको व्यापक रुपमा विरोध र भण्डाफोर गर्दै नयाँ जनवादी क्रान्तिको पक्षमा जनमत तयार पार्न र क्रान्तिको तयारी गर्ने कामका लागि इतिहासले एक महान् जिम्मेवारी र एक गंभीर चुनौती क्रान्तिकारी कम्युनिस्टहरूलाई सुम्पिदिएको छ । आज हरेक देशभक्त , जनवादी र सच्चा वामपन्थीहरूले यो महान् जिम्मेवारी बहन गर्न जरुरी छ ।
    आज नेपाली राजनीतिका केवल दुईवटा बाटा मात्र छन् , एउटा बाटो हो – दलाल तथा  पुँजीपतिवर्ग र सामन्तवर्गको सत्ता – संसदीय व्यवस्थाको  क्रान्ति र आमूल परिवर्तनको बाटो , त्यसको तयारीको लागि त्याग , बलिदान तथा आत्मोत्सर्गको बाटो – अर्को बाटो पद, प्रतिष्ठा , पैसो र स्वार्थका लागि सुबिधाभोगीका लागि जनताप्रति , देशप्रति घात र गध्दारी गर्ने । हामी क्रान्तिकारी कम्युनिस्टहरूले संसदीय व्यवस्थाको एक मात्र विकल्प नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना भएकोले हामी क्रान्तिकारी कम्युनिस्टहरूले पहिलो बाटो रोज्नु उपयुक्त हुन्छ । दोस्रो बाटो देश बेचुवा र जनता मारा गध्दारहरु हिड्ने बाटो हो ।