पटकपटक गरेको मूल्यवृद्धि खारेजीको माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी) निकट जनवर्गीय संगठनहरव्दारा प्रदर्शन

पटकपटक गरेको मूल्यवृद्धि खारेजीको माग गर्दै नेकपा(क्रान्तिकारी माओवादी) निकट जनवर्गीय संगठनहरव्दारा प्रदर्शन

१० असार काठमाडौं ।
नेपाल आयल निगमले पटकपटक गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टेकुस्थित आयल निगमको कार्यालय अगाडि नेकपा (क्रान्तिकारी माओवादी) निकट जनवर्गीय संगठनहरूले संयुक्त विरोध प्रदर्शन र कोणसभा गरेका छन ।
सरकारको एकल स्वामित्व रहेको नेपाल आयल निगमद्वारा पटकपटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तथा दैनिक उपभोग्य बस्तुमाथि भएको अनियन्त्रित मूल्यवृद्धि खारेजीको माग गर्दै जनवर्गीय संगठनहरूले संयुक्तरुपमा धर्ना र विरोध प्रदर्शन गरेको हुन् ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, क्रान्तिकारी युवा लिग, अखिल क्रान्तिकारी, अनेम संघ क्रान्तिकारी, नेपाल दलित मुक्ति मोर्चा, आदिवासी जनजाति महासंघ, किसान तथा बुद्धिजीवी संगठन लगायत नेकपा क्रान्तिकारी माओवादी संबद्ध सबै जनवर्गीय र मोर्चा संगठनहरुको आयोजनामा पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य वस्तुको अनियन्त्रित बजार मूल्य, अमेरिका र नेपाल बिच भएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विरुद्ध विरोध प्रदर्शन गरेको हो । साथै खेतीको मुख्य सिजनमा सरकारबाट सृजना गरिएको मलको कृत्रिम अभावको समेत विरोध जनाएको छ ।
‘पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको मारले सवारी साधन चलाउन नसकेको जनाउ स्वरुप सांकेतिक रुपमा त्रिपुरेश्वरबाट मोटरसाइकल डोर्‍याइ आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेर विरोध सभा सम्पन्न गरेका थिए ।
उक्त कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) स्थाई समिति सदस्य तथा देजमो नेपालका महासचिव परिथापाले भने, ‘हामी पेट्रोलियम पदार्थमा थोपरिएको अत्यधिक कर हटाउन र दैनिक उपभोग्य वस्तु माथि भएको अत्याधिक मूल्यवृद्धिको खारेजीका लागि सरकारसँग जोडदार माग गर्दछौं ।’
त्यसैगरी नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल क्रान्तिकारकिा अध्यक्ष हरीकृष्ण गजुरेल, अनेमसंघका अध्यक्ष शारदा महतले सम्वोधन गरेका थिए भने कोणसभाको संचालन अखिल क्रान्तिकारी ट्रेड युनियनका अध्यक्ष इश्वर तिमिल्सिनाले गरेका थिए ।
सरकारको एकल स्वामित्व रहेको नेपाल आयल निगमले पटकपटक मूल्यवृद्धि गरि १७८ कायम गरिएको पेट्रोलको मूल्यमा पछिल्लोपटक २१ रुपैयाँ वृद्धि गरि १९९ कायम गरेको थियो । साथै अन्य पेट्रोलियम पदार्थमा समेत अत्यधिक मूल्यवृद्धि गरिएको थियो ।