विकल्पको अध्यक्षतामा १५ सदस्यीय युवा लिग गठन गर्दै क्रान्तिकारी युवा लिग नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न

विकल्पको अध्यक्षतामा १५ सदस्यीय युवा लिग गठन गर्दै क्रान्तिकारी युवा लिग नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला सम्पन्न

सुर्खेत, जेष्ठ २० गते
नेकपा ( क्रान्तिकारी माओवादी) को भातृ संगठन क्रान्तिकारी युवा लिग नेपालको कर्णाली प्रदेश स्तरीय प्रथम भेला उद्घाटन र बन्द सर्तका कार्यक्रम गर्दै सम्पन्न भएको छ ।


देश र विदेशका विभित्र परिवर्तनका आन्दोलनहरुमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात वीर सहीदहरु प्रति १ मिनेट मौन धारण गरि सुरु भएको क्रान्तिकारी युवा लिग नेपालको प्रथम प्रदेश भेलाबाट १५ सदस्यीय युवा लिग गठन गरेको छ । भेलाले विकल्प अध्यक्ष, हिक्मत उपाध्यक्ष, तेजबहादुर थापा सचिव, सह–सचिव, कोषाध्यक्ष, समेत सर्वसम्मत चयन गरेको छ ।


उक्त भेलाको प्रमुख अतिथि क्रान्तिकारी युवा लिगका केन्द्रीय महासचिव भुकम्पले विश्व भरिका परिवर्तनहरु ठुला ठुला विरता, र वलिदानले मात्र सम्भव भएका हुन । नेपालमा पनि युवाले नेपाली राजनितीक परिवर्तनहरुमा महत्वपूर्ण र भुमिका खेलेका छन् जसका कारणले मात्र परिवर्तन सम्भव भएको हो । अब हुने परिवर्तनका लागि पनि हामिले आवश्यकता अनुसार कोटा चुक्ता गर्न उत–प्रेरित गर्दै आफना भनाई राख्नु भएको थियो ।


कार्यक्रममा विषेश अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सेक्रेटरी प्रकाश उर्जाले अब हुने सम्पूर्ण क्रान्ति र परिवर्तनका लागि हा्म्रो नीति विचार र उदेश्य प्रप्तिका लागि मालेमावादी तीन जादूगरि हतियार मध्यको जुझारु दस्ताले फेरि सान लगाउने वेला आएको छ र प्रतिक्रियावादी दलाल संसदिय व्यवस्था खोक्रो र उदाङ्गीएको छ, । यो जनताको व्यवस्था हैन भन्ने कुरा दिनको घाम जत्तिकै छर्लंग भै सकेको छ । यो पँुजीवादी दलिय व्यवस्था निरंकुशता तिर गएको छ, यस व्यवस्थाको मुख्य अङ्गको वनध्याकरण गरि सकेको छ । यो व्यक्तिगत स्वर्थका लागि मात्र कंग्रेस, माके, माकुने, वावुरामहरुको स्वार्थ पुरागर्ने व्यवस्थाको रुपमा परिवर्तन भैंसकेको छ । यस व्यवस्थाको समुल नष्ट गरि जनवादि गणतन्त्र हुँदै वैज्ञानिक समाजवादमा जानु आजको अपरिहार्यता वनेको छ भन्नू भयो । नव निर्वाचित टिमलाई बधाई तथा शुभकामना दिनु भयो ।


अतिथिहरुमा पार्टी केन्द्रीय सदस्य तथा सुर्खेत ईन्चार्ज प्रकाश र पार्टीका केन्द्रीय सल्लाहाकार तथा सुर्खेत जिल्ला सचिव एस वि, र अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य हिमाल रसाइलिको पनि आतिथ्यता थियो । कार्यक्रमको अध्यक्षता विप्लव तथा संचालन विकल्पले गर्नु भएको थियो ।