“ हाम्रो पार्टी – संगठनहरुलाई अवश्य पनि देशभरि फिंजाउनुपर्छ र हामीले निश्चित उद्श्येका साथ दशौं हजार कार्यकर्ताहरुलाई र पहिलो दर्जाका सयौं नेताहरुलाई तालिम दिनुपर्छ । उनीहरूले माक्र्सवाद – लेनिनवादमा निपुण भएका , राजनीतिक रुपले दूरदर्शी , काममा खुबै सिपालु , त्यागको गहिरो भावनाले भरिएका आफै अघि सरेर समस्याहरुसँग जुझ्ने कुशलता भएका , अति अप्ठ्यारा अवस्थाहरुमा समेत विचलित नहुने , राष्ट्र र सर्वहारा वर्ग र पार्टीको सेवा गर्न वफादार र भक्त कार्यकर्ता र नेता हुनैपर्छ । यस्ता कार्यकर्ता र नेताहरुमा नै पार्टीले आफ्ना सदस्यहरु तथा जनतासितको सम्बन्धको निम्ति भर गर्छ र जनताको दृढ नेतृत्वको लागि उनीहरूमा भर परेर नै पार्टी शत्रुलाई पराजित गर्न सफल हुन्छ । यस्ता कार्यकर्ता र नेताहरुले स्वार्थिपनाबाट व्यक्तिवादी शुर्याईँ र आडम्बरबाट , आलस्य र उदासीनताबाट र आफ्नै कुरा माथि पार्ने गुटवादबाट मुक्त हुनुपर्छ र उनीहरूले अवश्य पनि निस्वार्थ भएर राष्ट्रिय तथा वर्गीय वीर योध्दा हुनुपर्छ ; हाम्रो पार्टीका सदस्य , कार्यकर्ता र नेताहरुमा हुनुपर्ने गुणहरु र कार्य – शैली यस्तै हुन् ।“
– माओ त्सेतुङ , “ जापानी आक्रमण – विरोधी राष्ट्रिय संयुक्त मोर्चाको निम्ति लाखौं जनसमुहलाई आफूपट्टि तान “ ( मे ७ , १९३७ )

कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित राजनीतिक अग्रदस्ता हो । उसले माक्र्सवाद – लेनिनवा – माओवादलाई आफ्नो पथप्रदर्शक सिध्दान्त मान्दछ । मालेमावादले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई क्रान्तिको निम्ति वैज्ञानिक बाटो देखाउने काम गर्दछ ।
पुँजीवादी क्रान्ति सम्पन्न भइसकेको मुलुकमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको न्युनतम कार्यक्रम ( लक्ष्य ) वैज्ञानिक समाजवाद र अधिकतम लक्ष्य वैज्ञानिक साम्यवाद हुन्छ भने पुँजीवादी क्रान्ति सम्पन्न भइनसकेको एक अर्धसामन्ति र अर्ध उपनिवेशिक / नवउपनिवेशिक अवस्थामा रहेको ( आजको नेपाल जस्तो ) देशमा उसको न्युनतम कार्यक्रम ( लक्ष्य ) नौलो जनवाद र अधिकतम लक्ष्य वैज्ञानिक समाजवाद र साम्यवाद रहेको हुन्छ ।
एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेता कस्ता हुनुपर्छ ? एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य पुरा गर्नका लागि असल तथा क्रान्तिकारी कार्यकर्ता र नेताहरुको आवश्यकता पर्दछ । त्यसो भएकोले कम्युनिस्ट पार्टीले कस्ता खालका कार्यकर्ता र नेताहरु निर्माण र परिचालन गर्ने , उनीहरूलाई कस्तो किसिमको तालिम र प्रशिक्षण दिलाउने , उनीहरूको हेरचाह कसरी गर्ने भन्ने बारेमा कमरेड माओले माथि भन्नुभएका विषयहरु अत्यन्तै मननयोग्य छन् र कम्युनिस्ट पार्टीका सबै कार्यकर्ता र नेताहरुका निम्ति ठूलो शिक्षाका विषय हुन् । हामी क्रान्तिकारीहरुले कमरेड माओबाट कार्यकर्ता नीति सम्बन्धि सिक्ने विषय यिनै हुन् ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्नका निम्ति पहिलो नम्बरमा उसलाई पथप्,दर्शन गर्ने क्रान्तिकारी सिध्दान्त आवश्यक पर्छ । क्रान्तिकारी सिध्दान्त अवलम्बन नगरेको कम्युनिस्ट पार्टीले क्रान्ति सम्पन्न गर्न सक्ने कुरै हुदैन । त्यसो भएर विश्व सर्वहारा वर्गका महान् नेता लेनिनले भन्नुभएको छ , “ क्रान्ति गर्नुछ भने क्रान्तिकारी सिध्दान्त आवश्यक पर्दछ ।“ हो , लेनिनले भन्नु भए झै क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने दृढताका साथ बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टीले क्रान्तिकारी सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवादलाई अवलम्बन गरेकै हुनुपर्छ ।
त्यस्तै क्रान्तिका क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता पर्दछ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वविना क्रान्ति असम्भव हुन्छ । त्यसो भएकोले त विश्व सर्वहारा वर्गका अर्का महान् नेता कमरेड माओ त्सेतुङले भन्नुभएको छ , “ क्रान्ति हुनुछ भने क्रान्तिकारी पार्टी हुनैपर्छ । क्रान्तिकारी पार्टीविना , माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी सिध्दान्त र क्रान्तिकारी पध्दतिनुिसार बनेको पार्टीविना , साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्नु असम्भव छ ।“ माओ त्सेतुङ , संसारका क्रान्तिकारी शक्तिहरु एकगठ होऊ , साम्राज्यवादी आक्रमणका विरुद्ध जुध “ ( नोभेम्बर १९४८ )
क्रान्तिकारी स्ध्दिान्तले लैस भएको क्रान्तिकारी कम्युनिस्ट भएर मात्र उसलाई क्रान्तिको कार्यभार पुरा गर्न असम्भव हुन्छ । पार्टीको नीति र योजनाहरु कार्यान्वयन गर्नका निम्ति हजारौंको संख्यामा , लाखौंको संख्यामा अब्बल दर्जाका कार्यकर्ता ( उत्तराधिकारीहरु ) हरुको आवश्यकता पर्दछ । असल , आँटी , बलिदानीपूर्ण भावनाले ओतप्रोत भएका कार्यकर्तनहरुको आवश्यकता पर्दछ । त्यो काममा क्रान्तिकारी कम्युनिस्ट पार्टीले पहिलो नम्बरमा ध्यान दिनुपर्छ । कार्यकर्ताहरुको ठूलो जमात भएर मात्रै क्रान्तिका लागि क्रान्तिकारी कार्यकर्ता र नेताहरुको आवश्यकता पर्दछ । कार्य कर्ता तथा नेताहरुलाई क्रान्तिकारी रुपान्तरण गराउनका निम्ति विश्वदृष्टिकोणमा रुपान्तरण गराउन जरुरी हुन्छ । त्यसको लागि कम्युनिस्ट पार्टीले केन्द्रदेखि स्थानीय स्तरसम्म पार्टी स्कुलहरु निर्माण गर्न अनिवार्य हुन्छ। उनीहरूलाई नियमित रुपमा र योजनाबध्द ढंगले मालेमावादका आधारभूत सिध्दान्त ( माक्र्सवादका तीन संघटक अंग दर्शन , राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद ) का विषयमा स्कुलिङ सञ्चालन गरिरन जरुरी हुन्छ ।
यही आवश्यकतालाई मध्यनजरमा राखेर नै कमरेड माओले अगाडि भन्नुभएको छ , “ हाम्रो पार्टी र देशले आफ्नो रंग नफेरुन् भन्ने कुरा निश्चित तुल्याउन हामीले सही बाटो र सही नीतिहरु मात्र लिएर पुग्दैन , सर्वहारावादी क्रान्तिको उद्श्येलाई अगाडि बढाउँदै लैजाने लाखौं उत्तराधिकारीलाई तालिम दिनु र हुर्काउनु पनि पर्छ ।
अन्तिम विश्लेषणमा , सर्वहाराहरुको क्रान्तिकारी उद्श्येको लागि उत्तराधिकारीहरुलाई तालिम दिने प्रश्न सर्वहारावादी क्रान्तिकारीहरुको पुरानो पुस्ताले चलाएको माक्र्सवादी – लेनिनवादी क्रान्तिकारी उद्श्येलाई बढाउँदै लान सक्ने मानिसहरु होलान् कि नहोलान् , सर्वहारावादी क्रान्तिकारीहरुकै हातमा हाम्रो पार्टी र राज्यको नेतृत्व रहन्छ कि रहँदैन , माक्र्सवाद – लेनिनवादले स्थापित गरेको सही बाटोबाट हाम्रा सन्तान हिड्ने हुन् कि हो, अथवा , अर्को शब्दमा चीनमा हामीले ख्रुश्चोभी संशोधनवादको उत्पतिलाई सफलतापूर्बक रोक्न सक्छौ कि सक्तैनौ भन्ने प्रश्न हो ।
हाम्रा सर्वोच्च संगठनहरुदेखि लिएर सबैभन्दा तल्लो तहसम्म हामीले जहाँतही क्राउद्श्येको निम्ति उत्तराधिकारीहरुलाई तालिम दिने र हुर्काउने कुरामा संधैभरि ध्यान दिनुपर्छ ।
सर्वहारा – वर्गको क्रान्तिकारी उद्श्येको निम्ति लायक उत्तराधिकारी हुन चाहिने आवश्यकताहरु के के हुन् ?
उनीहरूले उच्च माक्र्सवादी – लेनिनवादी हुनैपर्छ , माक्र्सवाद – लेनिनवादको साइनबोर्ड झुन्डा्याएको ख्रुश्चोभ जस्तो संशोधनवादी होइन ।
उनीहरू चीन र सम्पूर्ण संसारका अति बहुसंख्यक जनताको सम्पूर्ण ह्रदयले सेवा गर्ने क्रान्तिकारी हुनैपर्छ र आफ्नो देशको सुबिधा सम्पन्न बुर्जुवा वर्गका एक मुठी सदस्यहरुको हित र विदेशी साम्राज्यवाद तथा प्रतिक्रियावादका हितहरुका लागि सेवा गर्ने ख्रुश्चोभ जस्तो होइन ।
उनीहरूले अति बहुसंख्यक जनताशीत एकगठ हुन र संगै काम गर्न सक्ने सर्वहारावादी राजनीतिज्ञ हुनैपर्छ । उनीहरूले आफूसित सहमत हुनेहरुसित मात्र होइन , आफूसित असहमत हुनेहरुसंग अझ अघि आफ्नो विरोध गरेका र पछि व्यवहारमा गलतसिध्द भइसकेकाहरुसित पनि एकगठ हुन सक्नुपर्छ । तर उनीहरूले विशेष गरि ख्रुश्चोभ जस्ता महत्वाकांक्षी र षड्यन्त्रकारीहरुमाथि सतर्कतापूर्ण दृष्टि राख्नुपर्छ र यस्ता खराब तत्वहरुलाई पार्टी र राज्यको कुनै पनि स्तरको हात पार्नुबाट रोक्नैपर्छ ।
उनीहरूले पार्टीको जनवादी केन्द्रीयतालाई प्रयोग गर्न नमूना बन्नैपर्छ , “ जनताबाट ल्याई जनतामा लैजाने “ सिध्दान्तमा आधारित नेतृत्वको तरिकामा राम्ररी दक्षता हाँसिल गर्नैपर्छ र जनतान्त्रिक प्रणालीमा आफ्नो बानी – बेहोरालाई ढाल्नु पर्छ र जनताको कुरा चाख लिएर सुन्न सक्ने हुनुपर्छ । उनीहरूले ख्रुश्चोभ जस्तो निरंकुश हुनुहुँदैन र पार्टीको जनवादी केन्द्रीयतालाई उलङ्घन गर्नुहुँदैन , कामरेडहरुमाथि आकस्मिक हमला गर्नु अथवा स्वेच्छाचारीतापूर्वक र अधिनायकवादी रुपले काम गर्ने हुनुहुँदैन ।
उनीहरूले नम्र र विवेकी हुनुपर्छ र घमण्ड तथा अधीरताको विरुद्ध सजक हुनुपर्छ ; उनीहरूमा स्वआलोचनाको भावना भरिएको हुनुपर्छ र आफ्ना काममा रहेका कमी र गलतीहरु सच्याउने आँट हुनुपर्छ । उनीहरूले ख्रुश्चोभले झै आफ्ना गलतीहरुलाई ढाकछोप गर्ने , जसजति जम्मै आफू लिने र दोस जति अरुमाथि थोपर्ने कहिल्यै गर्नु हुँदैन ।
सर्वहारा क्रान्तिकारी उद्श्येका उत्तराधिकारीहरु जनसंघर्षमा पैदा हुन्छन् र क्रान्तिका ठुल्ठूला आँधी – बेहरीहरुमा खारिन्छन् र हुर्कन्छन् । कार्यकर्ताहरुलाई जाँच्ने तथा छुट्याउने र उत्तराधिकारीहरुलाई छान्ने र तालिम दिने काम जनसंघर्षको लामो क्रममा गर्नुपर्छ ।“
– माओ त्सेतुङ , “ ख्रुश्चोभको नक्कली साम्यवाद र संसारलाई यसका ऐतिहासिक पाठहरु “ मा उध्दृत ( जुलाई १४ , १९६४ ) ।
माथि कमरेड माओले भन्नुभए झै क्रान्तिका लागि क्रान्तिकारी तथा असल , इमानदार , देश , जनता , पार्टी क्रान्तिप्रति समर्पित कार्यकर्ता र नेताहरुको ठूलो आवस्यकता हुन्छ । त्यसो भएर क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यकर्ता र नेताहरुलाई कसरी संरक्षण गर्ने भन्ने विषयमा हेक्का राख्नैपर्ने हुन्छ । यस विषय पुन: कमरेड माओ भन्नुहुन्छ , “ एक चोटि राजनीतिक दिशा निश्चित भएपछि कार्यकर्ताहरु निर्णायक तत्व हुन्छन् ।अत: योजनाबध्द तरिकाले ठूलो संख्यामा नयाँ कार्यकर्ताहरुलाई तालिम दिनु हाम्रो संघर्षमयी कार्य हो ।“– माओ त्सेतुङ , “ राष्ट्रिय युध्दमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका “ ( अक्टोबर १८३८ )
क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यकर्ता नीति कस्तो बनाउने भन्ने कुराले उसले कार्यकर्ताहरु कस्ताकस्ता बनाएको छ ? उसले कसरी कार्यान्वयन गर्दछ ? भन्ने कुराको निर्धारण गर्दछ । यसविषयमा कमरेड माओले थप कुरा गर्नु हुन्छ , “ कम्युनिस्ट पार्टीले कार्यकर्ता सम्बन्धि आफ्नो नीतिमा लागु गर्नुपर्ने सिध्दान्त एउटा कार्यकर्ता पार्टीको नीतिलाई कार्यान्वयन गर्न दृढ छ कि छैन , पार्टी – अनुशासनलाई पालना गर्छ गर्दैन , जनतसित उसको गाढा सम्पर्क छ छैन , उसमा आफ्नो स्थिति स्वतन्त्रतापूर्वक पहिल्याउन सक्ने सामर्थ्य छ छैन र उ सक्रिय , मेहनती र निस्वार्थी छ छैन भन्ने हो । “ गुण हेरी मानिसलाई भर्ना गर्नु “ भन्ने नीति यही हो ।“ – माओ त्सेतुङ , “ राष्ट्रिय युध्दमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका “ ( अक्टोबर १९३८ )
कम्युनिस्ट पार्टीले आफ्ना कार्यकर्ताहरुलाई कसरी चिन्ने , कसरी जाँच्ने भन्ने कुरा नेतृत्वले राम्ररी जानेको हुनुपर्छ । पार्टी भित्र कार्यकर्ताहरु विभिन्न ढंगले प्रवेश गरेका हुन्छन् , उनीहरूलाई पार्टीले उनीहरू कै व्यवहारलाई कसी बनाएर पहिचान गर्ने र विचार गर्ने कुरा नै मुख्य विषय हुन्छ । त्यही अनुरुप पार्टीले आफ्ना कार्यकर्ताहरुलाई प्रयोग गर्नु वैज्ञानिक हुन्छ । यसविषयमा कमरेड माओ अगाडि भन्नू हुन्छ , “ हामीलाई कार्यकर्ताहरुको कसरी राम्ररी प्रयोग गर्ने भन्ने कुरा थाहा पाउनैपर्छ । अन्तिम विश्लेषणमा , नेतृत्वका दुई मुख्य जिम्मेवारी हुन्छन् : विचारहरुलाई कार्य रुप दिनु र कार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु । “ विचारहरुलाई कार्य रुप दिनु “ मा योजना बनाउनु , निर्णय लिनु र आदेश तथा निर्देशन दिनु जस्ता जम्मै कुराहरु पर्छन् । विचारलाई व्यवहारमा परिणत गर्न हामीले कार्यकर्ताहरुलाई एकगठ तुल्याउनु पर्छ र कार्यक्षेत्रमा जान उनीहरूलाई हौसला दिनुपर्छ । यो कुरा “ कार्यकर्ताहरुको राम्ररी प्रयोग गर्नु “ भन्ने विभागमा पर्दछ ।“ – माओ त्सेतुङ , “ राष्ट्रिय युध्दमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका “ ( अक्टोबर १९३८ )
नेपाल अहिलेसम्म पनि अर्ध सामन्ति र नवउपनिवेशिक अवस्थामै छ । यहाँ गरिने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । नयाँ जनवादी क्रान्ति नगरिकन नेपाली समाजलाई वैज्ञानिक समाजवादमा पुर्याउन सकिदैन । आज नेपालमा नयाँ क्रान्ति जारी छ ।
नयाँ नेपाली जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पुरा गर्ने दायित्व आज नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को काँधमा आइपुगेको छ । आज महान् नेपाली नयाँ जनवादी क्रान्तिका लागि दक्षिणपन्थी संशोधनवाद मुख्य बाधकका रुपमा खडा हुन पुगेको छ । नेपालमा कम्युनिस्टको नाममा नामधारी नक्कली कम्युनिस्टहरूले ठूलो भ्रमको खेती गरिरहेका छन् र कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु ती प्रतिक्रियावादमा पतन भएर प्रतिक्रियावादी सरकार चलाऊदै आएका दक्षिणपन्थी संशोधनवादी पार्टीहरुमा ठूलो संख्यामा विविध कारणले उतै अलमलीरहेका छन् । यसको मुख्य कारण उनीहरूलाई पार्टी स्कुलिङ नगराइनु जस्ता विषयहरु छन् । वैचारिक चेतना कम्जोर भएका कार्यकर्ताहरुले नेताको चाकडी गर्ने , दलाली गर्ने , च्याप्लुसी गर्ने र नेतृत्वको देवत्वकरण गरेर निहित स्वार्थ पुरा गर्ने गैर मालेमावादी कुरुप संस्कृति कम्युनिस्ट पार्टीमा जीवितै रहने गर्ने गरेकै कारण क्रान्तिकारी कार्यकर्ता निर्माण गर्न र परिचालन गर्ने काममा बाधा परिरहेको पाइन्छ । यसको मुख्य कारण पार्टी स्कुलिङको अभाव हो , अध्ययन कै अभाव हो ।
एउटा मालेमावादी सच्याँई के हो भने कम्युनिस्ट पार्टी क्रान्तिकारी नभइकन क्रान्तिको नेतृत्व गर्ने सम्भव नै हुँदैन । कम्युनिस्ट पार्टी क्रान्तिकारी हुनलाई पहिलो कुरा त उसले अवलम्बन गरेको क्रान्तिकारी विचार ( मालेमावाद ) नै हो । तर अन्य आधारहरुको आवश्यकता पर्दछ । तसर्थ कम्युनिस्ट पार्टी क्रान्तिकारी भइरहनलाई जनता पनि क्रान्तिकारी हुन जरुरी हुन्छ भने नेताहरु क्रान्तिकारी भइरहनालाई पार्टीका कार्यकर्तनहरु क्रान्तिकारी हुनु जरुरी हुन्छ । नेपालमा यी दुबै कुरामा सिमा रहँदै आएकै कारण नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद हावी हुँदै आएको छ ।
अब प्रश्न खडा हुन्छ कि अब अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालमा समेत कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरू कस्ता हुनुपर्छ ?
यसको सही तर्क के हुन सक्छ भने कम्युनिस्ट पार्टीका नेताहरु लेनिन , स्टालिन , माओ, हो चि मिन्ह , ग्वभारा , गोञजालो जस्तै विचार सहित फौजी स्प्रिट र कार्यशैली भएका नेताहरु हुन आवश्यक छ भने कार्यकर्ताहरु पनि रुसमा लेनिनकालिन , चीनमा माओ कालिन , भियतनाममा हो चि मिन्ह कालिन , क्युवामा चे कालिन , पेरुभियाली सशस्त्र जनयुद्ध कालिन , नेपालको झापा विद्रोह कालिन , नेपालकै दस वर्षे जनयुद्ध कालिन जुन अनुशासित कर्मठ , त्यागी , बलिदानी भावनाले ओतप्रोत भएका र क्रान्तिकारी स्प्रिट बोकेका कार्यकर्ताहरु थिए , त्यस्तै कार्यकर्ताहरु हुन जरुरी छ ।
यद्यपि हिजोको त्यो परिस्थिति र आजको वर्तमान परिस्थितिमा ठूलो फेरबदल आएको छ , विज्ञान र प्रविधिका क्षेत्रमा मानव जातिले ठूलो विकास गरेको अवस्था अवश्य छ । यी तथ्यहरुलाई आत्मसात गर्दै अर्थात् कम्युनिस्ट क्रान्तिकारीहरुले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै क्रान्तिका कामहरुलाई अगाडि बढाउनुपर्ने हुन्छ । सम्बन्धित मुलुकको विशिष्ट परिस्थिति बमोजिम क्रान्तिका कामलाई अगाडि बढाउनु पर्ने हुन्छ । मुलुकको वस्तुगत परिस्थिति र आत्मगत परिस्थितिका आधारमा क्रान्तिका कामलाई अगाडि बढाउनु पर्ने हुन्छ । क्रान्तिकारी शक्तिहरुले जति छिटो क्रान्तिको तयारी गर्न सक्छन् ,त्यति छिटो क्रान्ति सम्पन्न हुने माक्र्सवादी नियम नै छ । र क्रान्ति अवश्यम्भावी छ ।
कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरुले जनताको क्रान्तिको नेतृत्व गर्नुपर्ने भएकोले उनीहरू जनताको बीचमा भिज्न सक्ने , जनतासंग नङ र मासुको सम्बन्ध भए झै गाढा सम्बन्ध कायम गर्न सक्ने हुनुपर्छ । उनीहरू इमानदार र क्रान्तिकारी हुनुपर्छ , क्रान्तिकारी जस्तोसुकै आँधी बेरीको सामना गर्न सक्ने र योगदान तथा बलिदानी भावनाले ओतप्रोत भएको साहसी हुनुपर्छ ।
उनीहरू आर्थिक , साँस्कृतिक विचलनमा नपरेका , नैतिक रुपमा पतन नभएका र सामाजमा कुशल नैतिकता कायम गरेका र मर्यादित व्यक्तित्व निर्माण गरेको हुनुपर्छ ।
कम्युनिस्ट पार्टीका कार्यकर्ता नीतिका बारेमा कमरेड माओका महत्वपूर्ण आदेश र शिक्षाका बारेमा माथि धेरै ठाउँमा उध्दृत गरिएको छ , ती शिक्षा र आदेशहरु कम्युनिस्ट पार्टीका असल र क्रान्तिकारी कार्यकर्ता र नेताहरुले शिक्षाका रुपमा ग्रहण गरेर जीवन व्यवहारमा लागु गर्न कुशल भएको हुनुपर्छ । र , मुख्यत: उनीहरू विश्वदृष्टिकोणमा रुपान्तरित भएको हुनुपर्छ । किनकि विश्वदृष्टिकोणविनाको मान्छे ““जराविनाको सरह “ हुन्छ , “ फलहिन फूल “ जस्तो हुन्छ ।
अन्त्यमा कम्युनिस्ट पार्टीका कार्यकर्ता र नेताहरु जनताका साँच्चिकै असल नमूना बनेको हुनुपर्छ । मालेमावादद्वारा निर्देशित नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र जनताको क्रान्तिको नेतृत्व गर्न सक्ने भएकोले उक्त पार्टीका कार्यकर्ता र नेताहरु पनि त्यसै अनुरुपका हुन जरुरी हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर