१२ जेठ गते, काठमान्डौ ।
पेट्रोलियम पदार्थलगायतमा गरिएको मुल्यबृद्धि खारेज गर्न माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालव्दारा पत्रकार सम्मेलनको आयोजनामा गरियो ।
पत्रकार सममेलनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलव्दारा पेट्रोलियम पदार्थलगायतमा गरिएको मुल्यबृद्धि, बढदो महंगी, एमसीसी लगायत अन्य राष्ट्रघाती सन्धीसम्झौताहरको खारेजी सम्वन्धमा मोर्चाको अवधारणाा प्रस्तुत गनु भएको थियो ।
प्रस्तुतीका क्रममा उहाँले नेपालीको जनजीवनमाथि राज्य गैर– जिम्मेवार बनेको र पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि पूर्ण रुपले खारेज गर्नुको औचित्यतामाथि संक्षितमा तत्थ्यांक सहीत आफना भनाइहरु राख्नु भएको थियो ।
पेटोलियम पदार्थमा सरकारले लिएको थप राजस्वमात्रै नलिने हो भने त्यसको मुूल्यमा हुने कटौतीवारे उहाँले पेट्रोलमा – रु ३६।२३, डिजेलमा ४५। ९१, मटितेलमा १३। ६६, एल पी ग्यासमा ३२७। ३७ हवाई इन्धनमा – आन्तरिकमा २३। ३२ बाह्यमा २ । ५१ कमी हुने जानकारी पत्रकारहरुलाई दिंदै भन्नु भयो—“आयलनिगमसँग ११७ । १८ किनेर पेट्रोलमा ६३ । २३ थपेर बिकिृ गरिरहेको छ । चालु आर्थिक वर्षको १० महिनामा सरकारले ९२ अरब ७८ करोड ८८ लाख राजस्व असुलेको, जुन गत आर्थिक वर्षमा भन्दा २० अरब बढी छ । ” भन्दै सरकारलाई तत्काल बढेको मूल्य खारेज गर्न माग गर्नु भयो ।
यो मुल्यबृद्धि खारेजीका लागि यही जेठ १८ गते १२ बजे माइतीघर मण्डलाबाट विरोध जुलुस सहीतको र्याली नयाँ बानेश्वर जने कार्यक्रम भएको पनि जानकारी गराउँदै, उक्त अवसरमा आम जनता सडकमा उत्रनका लागि आव्हान समेत गर्नु भयो । यदि सरकारले जनताको जनजिविकासँग खेलवाड गदैृ गएमा यो उसका लार्गि महँगो पर्ने चेतावनीसमेत उहाँले दिनु भएको थियो ।
उक्त पत्रकार सम्मेलनको संचालन मोर्चाका महामन्त्री परिथापाले गनु भएको थियो ।





























