कैलुब्राह/

मिस्टर सुप्रिमो पुत्रीनगर गएर कुम्भसभामा गर्जिए । कुम्भसभाको आयोजना सरकारमा बसेका शण्ड, मुण्ड, शुम्भ, निशुम्भहरूले गरेका थिए । कुम्भसभामा सबै प्रभुदूतहरूले एकसाथ एउटै मञ्चबाट आआफ्ना बान्ता, खोकी, खकार, ¥याल, सिँगान ओकले । एकापसका तुस पोखे । विगतमा एकले अर्कालाई देखि नसक्ने, सुनि नसक्ने र भेट्टाएसम्म शीर मुण्डन गर्नेसम्मका गतिविधिमा उत्रिएको भएता पनि आपसमा ठूलो मित्रभाव भएको र एउटै आँतपेट मिलेको भन्दै एकार्काको भजनकिर्तन गाए । छोटे महाराज÷महारानीहरूको छनौट गरिन लागेको चुनावी मौसमको यो पहिलो कुम्भसभा थियो । सरकारी ओहोदामा विराजमान महाराजदेखि राजसाभाका शीर्ष पुरुषहरू सबै एकसाथ एउटै मञ्चमा उभिएको यो कुम्भासभा निकै भव्यतम् प्रकारले सम्पन्न पनि भयो । सभामा सुप्रिमोपुत्रीको कृतकृत्यको चर्चा गर्ने, स्तुति गाउनेदेखि सुप्रिमोको प्रशंसा गर्नेसम्मका गतिविधिमा नयाँ नयाँ भक्तजनहरू समेत देखिएका थिए ।

हार्दिक शुभकामना !

यति भव्यतम् सभामा पनि मिस्टर सुप्रिमो र सरकारी महाराज निकै बेचैन बेचैन, निरास निरास, हतास हतास देखिन्थे । उनीहरूमा यति ठूलो सभाले पनि कुनै रौनकता ल्याउन सकेको थिएन । आक्रोसित मुद्रामा थिए । सुप्रिमोको गाथमा त झन् कालभैरव उत्रिएको थियो । आफ्नो महत्वपूर्ण युगान्तकारी प्रवचनमा पनि उनी शालिन, शान्त, नम्र, विनम्र, भद्र, कान्तिमयपूर्ण भएर प्रवचन दिन सकेका थिएनन् । उनमा कालभैरव सवार भएकोले चर्यानृत्यमा प्रस्तुत भएर तीन त्रिलोक चौध भूवनलाई नै तर्साउनेगरी घाइते सिंहको गर्जन ओकल्दै थिए ।

मिस्टर सुप्रिमो गर्जिए ‘यदि यस पुत्रीनगरका सम्पूर्ण मनुष्यले पुत्रीका पक्षमा आफ्नो मत जाहेर गरेनन् भने यो देशमै महाप्रलय आउनेछ । त्यसलाई कोई माइका लालले पनि रोक्न सक्ने छैन । त्यो महाप्रलयले संसार ध्वस्त हुनेछ । संसारै ध्वस्त भएपछि तपाइँहरू कहाँ रहनुहुन्छ ? यो चुनाउ तपाइँहरू यस लोकमा रहने या नरहने भन्ने कुराको फैसला गर्ने पनि हो ।’ सुप्रिमो यति भनेर मात्रै सन्तुष्ट हुन सकेनन् । विगतका दिनको सम्झना गर्दै भने ‘हामी हिँज एकार्कालाई खरानी पार्ने भनेर लड्दा पनि सम्मान्ने उहाँ (मञ्चमा आफ्नो छेउमा बसेका महाराजतिर देखाउँदै) र म एउटै मुटुजस्ता थियौँ । हाम्रो फुनमा कुराकानी हुन्थ्यो । हामी एकदम मिल्ने साथी थियौँ । मैले अघिल्लो चुनाउमा बालकोटेसित मिल्न जाँदा पनि उहाँलाई सोधेर गएको हो । उहाँले पनि हुन्छ त पछि तपाइँलाई त्याता अप्ठेरो प¥यो भने मतिरै आउनुहोला भन्नुभाथ्यो । यो कुरा यस पुत्रीनगरका चारतारेहर्ले बिर्सन पाइन्छ ? यदि बिसेर पुत्रीलाई मत हाल्नुभएन भने तपाइँहरू घोर नर्कमा पर्नुहुन्च ।’ यसरी मिस्टर सुप्रिम्रोले पुत्रिनगरका चारतारे रैतीजनहर्लाई थर्काए । थर्काउनुसँगै आपूmलाई धोका दिएमा देशमा महाप्रलय आउने चेतावनी समेत दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर