काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले काठमाडौंमा वृहत निर्वाचन बहिस्कार सभा सम्पन्न गरेको छ । क्रान्तिकारी माओवादीको काठमाडौं जिल्ला समितिको आयोजनामा गरिएको सभालाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सीपी गजुरेलले भ्रष्ट, राष्ट्रघाती र जनघातीहरुले जित्ने यो चुनावको कुनै औचित्य नरहेको टिप्पणी गर्नुभएको भएको छ ।

नेता गजुरेलले देश र जनता लुट्न राष्ट्रघाती र जनघाती तत्वहरुले गठबन्धनको नाममा सिन्डिकेटको राजनीति गरेको चर्चा गर्दै मिलिजुली सत्तामा जान र बाँडीचुँडी देश र जनतालाई लुट्न गरिने यस्तो निर्वाचनको आम जनताले बहिस्कार गर्नुपर्ने समेत बताउनु भयो ।

हार्दिक शुभकामना !

उहाँले रुखलाई भोट हाल्न र जय नेपाल भन्न उर्दी लगाउने प्रचण्डका पछि लाग्नेहरुले आफूलाई ‘कम्युनिस्ट’ र ‘माओवादी’ भनेको देख्दा टिठ लागेर आएको प्रसंग कोट्याउँदै पूर्ण रुपमा असफल साबित भइसकेको संसदीय व्यवस्थाको समूल अन्त्य गरेर देशमा जनगणतन्त्र ल्याउन सबै क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सत्तास्वार्थका लागि गरिएको गठबन्धनले कथित लोकतन्त्रमाथि समेत भद्दा मजाक गरेको र फासिवादी अभ्यासतर्फ सत्तारुढ गठबन्धन अगाडि बढेको चर्चा गर्दै सच्चा लोकतन्त्रवादीहरुले पनि अब यो व्यवस्थाको विकल्प खोज्ने बेला आएको बताउनु भयो ।

बहिस्कार सभामा लाई नेता सीताराम तामाङले साम, दाम, दण्ड, भेद गरेर गरिने र जितिने चुनावको कुनै अर्थ नरहेको र राजनीति बलले होइन विचारले हुने कुरा बताउनु भयो ।

पार्टी पिवीएमद्वय दिनेश शर्मा, सुरेश श्रेष्ठ, केन्द्रीय सदस्यहरु हुकुमबहादुर सिंह, हस्तबहादुर केसी, फुर्नाम्गेल मोक्तान, हरिकृष्ण गजुरेल लगायतको आतिथ्यता रहेको निर्वाचन बहिस्कारसभा काठमाडौं महानगर र नगरपालिकाहरुमा सञ्चालित निर्वाचन बहिस्कार अभियान दलका नेताहरु राम नेपाली, रुपा गेलाल, ढोगप्रसाद अधिकारी, कुमार घताने लगायतले जन–अनुभूति मन्तव्य राख्नुभएको थियो ।

पार्टीको काठमाडौं जिल्ला इन्चार्ज शारदा महतको अध्यक्षतामा सम्पन्न निर्वाचन बहिस्कार सभाको सञ्चालन सेक्रेटरी खगेन्द्र छन्त्यालले गर्नुभएको थियो । कार्यक्रममा सयौंको संख्यामा जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर