वैशाख २४
सुनसरी/ नेकपा (क्रान्तिकारी माओवादी) मा पछिल्लो समय पुनर्मिलन कार्यक्रम मार्फत सच्चा क्रान्तिकारीहरुको धु्रवीकरण चलिरहेको छ ।
यसै शिलसिलामा नेकपा माओवादी समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर १ का उपाध्यक्ष लुकमान मनसुरी नेकपा(क्रान्तिकारी माओवादी) मा जोडिनु भएको छ ।
उहाँले आज शनिबार एक विज्ञप्ति जारी गरेर माओवादी समाजवादी पार्टी बाट जनवादी आन्दोलन निष्कर्ष नपुग्ने भएका कारण नेपालको जनवादी आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्दै गरेको पार्टी नेकपा(क्रान्तिकारी माओवादी)मा आबद्ध भएको घोषणा गर्नु भएको हो ।
उहाँले दलाल संसदीय व्यावस्था बाट श्रमजीवी जनताको अधिकार स्थापना हुन नसक्ने र यस्तो खर्चिलो निर्वाचनमा सर्वहारा वर्गका प्रतिनीधीहरुले जित्न नसक्ने भन्दै प्रतिक्रियावादी निर्वाचनको बहिष्कार गरेको पार्टीमा आबद्ध हुन पाउदा खुसी लागेको बताउनु भयो ।
प्रेस विज्ञप्ति
वि.स २०६१ साल देखि नेकपा(माओवादी) मा आबद्ध भएर काम गर्दै हाल नेकपा माओवादी समाजवादी पार्टीको पोलिटब्यूरो सदस्य तथा प्रदेश नम्बर १ कमिटी उपाध्यक्षको जिम्मेवारीमा कार्यरत रहिरहेकोमा नेपालको जनवादी आन्दोलनलाई निष्कर्षमा पुर्याउन यस पार्टी बाट संभव नभएको निष्कर्षमा पुगेको छु ।
तसर्थ : नेपालको जनवादी आन्दोलनको नेतृत्वदायी भुमिका निर्वाह गर्दै गरेको पार्टी
नेकपा (क्रान्तिकारी माओवादी)मा आजकै मितिबाट आबद्ध हुने घोषणा गर्दछु ।
‘अन्त्यमा क्रान्तिकारी अभिवादन सहित’
लुकमान मनसुरी
भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर २
सुनसरी
२०७९ वैशाख २४ गते






























