बैशाख १८ चितवन ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मई दिवसका दिन आज नेकपा (क्रान्तिकारी माओवादी)व्दारा चितवनमा आयोजित शान्तिपूर्ण जुलुसमाथि प्रहरी हस्तक्षेप गरी प्रदर्शनकारीले प्रयोग गरेका झण्डा तथा ब्यानर खोस्नुका साथै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अन्धाधुन्ध गिरफ्तार गरेको छ ।
देउवा सरकारको यस्तो कार्यले सरकारको श्रमिक वर्गविरोधी हरकतलाई उदाङ्गो पारेको छ । यो सरकारको फासीवादी कदम हो । नेकपा (क्रान्तिकारी माओवादी)ले यस प्रकारको फासीवादी कदमको घोर विरोध तथा तीव्र भत्र्सना र गिरफ्तार कमरेडहरुलाई विनासर्त एवम् अविलम्ब रिहा गर्न जोडदार माग गर्दै निम्न प्रेस वक्तव्य प्रकाशित गरेको छ :































