काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एक शुभकामना वक्तव्य जारी गर्नुभएको छ । शुभकामना वक्तव्यमा भनिएको छ, “मजदुरवर्गले पुँजीवादी शोषण,दमन र उत्पीडन विरुद्ध निरन्तर संघर्ष र बिद्रोह गर्दै आएको इतिहास छ । देश दुनियाँमा चलेका मजदुर विद्रोहहरुको इतिहासमा महत्त्वपूर्ण स्थान छ । फ्रान्सेली मजदुरहरूले गरेको लियोन बिद्रोह, बेलायती मजदुरहरुले गरेको चार्टिस्ट आन्दोलनका साथै अमेरिकी मजदुरहरुको मई आन्दोलनहरुको गरिमा, महत्ता र शिक्षा आज पनि महत्त्वपूर्ण छन । त्याग,वीरता र वलिदानको बलमा ८ घण्टा कार्य दिवसको माग पूरा गराउन सफल अमेरिकी मजदुरहरुको विजयको उदाहरण बनेको मई आन्दोलनले विश्वव्यापी जुन मुल्य, मान्यताका साथै श्रम व्यबस्था स्थापना गर्न भुमिका खेल्यो त्यसको ऐतिहासिक गौरव स्वतस् सिद्ध छ ।
आज हामीले यो ऐतिहासिक र गौरवपुर्ण दिनको अवसरमा आफ्ना भूमिका, कर्तव्य र दायित्व निर्वाह गर्ने बारेमा गम्भीरता पुर्वक सोच बिचार गर्न र अठोट दोहोराउन जरुरी छ । उदारीकरणका नाममा मजदुर विरोधि कानुन निर्माण भैरहेका छन । उन्नत प्रविधिको विकासका बाबजुद श्रम दिनको वृद्धि, लगानी मैत्री वातावरणका नाममा श्रम बजारमा ठेकेदारी, अस्थायी, करार र ज्यालादारी प्रथालाई स्थापित गरिएको छ ।संगठित हुने अधिकार कुण्ठित गरिएको छ र औद्योगिक क्षेत्रहरु सैनिक क्याम्प खडा गरेर कथित औद्योगिक शान्ति स्थापना गरिएको छ । बिगतका उपभोग गरिदै आएका अधिकार समेत खोसेर ूहायर एण्ड फायरू, ूनो वोर्क नो पेू जस्ता रोजगारीको अधिकार र बिरोधका आवाजहरुलाइ बन्द गर्ने राज्य नीति अगाडि बढाइएको छ । देश मुट्ठीभर वैभवशाली मानिसहरुको उपभोग गर्ने बिलासको केन्द्र र श्रमिकहरुको आप्रवासनको चर्को दवाबको स्थितिमा छ र पचासौं लाख श्रमिकहरु वैदेशिक रोजगारीको कमारोतुल्य जीवन बाँच्न बध्य छन ।
यो स्थितिमा हामिले मजदुरवर्गको चेतनाको वृद्धि गर्नु छ, संगठन मार्फत शक्ति आर्जन गर्नु छ र तागतलाई जागृत गर्नु छ । सामन्त, दलाल तथा नोकरशाही तन्त्रलाइ मजदुर आन्दोलनको बलमा धक्का दिनु छ त्यसको निम्ति देश तथा वैदेशिक रोजगारीको प्रक्रियामा कृयाशिल मजदुर एवं मजदुर आन्दोलनका सच्चा संगठनहरुको एकतालाई बलियो बनाउदै शक्तिशाली मजदुर आन्दोलन उठाउनुपर्ने छ । मजदुरवर्गको नेतृत्वमा नयाँ राज्य(व्यवस्था स्थापना गर्नुछ । यसका निम्ति हाम्रो दृढ प्रतिबद्धता सहित सम्पूर्ण मजदुर एवं मजदुर आन्दोलनका असल संगठनहरुबाट नयाँ संकल्पको अपेक्षा गर्दै सम्पूर्ण मजदुरवर्ग एवं उत्पीडित जनसमुदायमा १३३ औं अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना व्यक्त गर्दछौ ।’































