काठमाडौं १२ गते ।
नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को काठमाडौंका बुढानिलकण्ठ , टोखा र तारकेश्वर नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियान दलले आज टोखा नगर पालिकाको झोर सिमा चोकमा र तारकेश्वर नगर पालिकाको बिहानी चोकमा कोणसभाहरु सम्पन्न भएका छन् ।


उक्त तीनवटै नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार संयुक्त अभियान दलका संयोजक प्रवीणको अध्यक्षतामा सम्पन्न ती कोणसभाका कमान्डर रीना र अर्का अतिथि नवीनको उपस्थिति रहेको थियो ।
झोर सिमाचोकमा आयोजना गरिएको कोणसभाको संचालन ज्ञानेन्द्र प्रजापतिले गर्नुभएको थियो भने बिहानी चोकमा आयोजना गरिएको कोणसभाको सञ्चाल गर्नुभएको थियो ।


झोर सिमाचोकमा नवीन र प्रवीणले संबोधन गर्नुभएको थियो भने बिहानी चोकमा अमिर, रीना र प्रवीणले संवोधन गर्नुभएको हाम्रा टोखा सम्वाददाताले जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर