नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशले प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार पहिलो चरण अभियान सुरु

नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशले प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार पहिलो चरण अभियान सुरु

७ बैशाख जाजरकोट ।
नेकपा (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेशले प्रतिक्रियावादी स्थानीय चुनाव बहिस्कार अभियान सुरु गरेको छ, भित्ते लेखन, पोष्टर र पर्चा गर्दै, जाजकोटकोटको सदरमुकाम खलंगा, रिम्ना बजार, नलगाड नगरपालिकामा कोणसभाहरु सम्पन्न भएका छन । पहिलो चरणको अभियान अन्तरगत जाजरकोट, पश्चिम रुकुम, सल्यान, सुर्खेत र दैलेख सम्म चल्नेछ ।


कोण सभामा बोल्दै नेकप (क्रान्तिकारी माओवादी) कर्णाली प्रदेश सचिव दिपकबहादुर शाहीले, यो संसदिय व्यवस्थाले जनताको समस्याको समाधान नगर्ने र यो हुनेखानेहरुको व्यवस्था हो, त्यसैले यो शासन सत्ता अब धेरै दिन नचल्ने , सत्तामा बसेका राजनीतिक पर्टीहरुले जनताको सेवा र जनतन्त्र, जनजीविका, राष्ट्रियता, र असंलगन परराष्ट्र नितिको धोती लगाएका छन् ।


यी दलाल भ्रष्टाचारी, साम्राज्यवादी, बिस्तारवादीहरुका कठपुतली हुन, यी पार्टीसंग कुनै राजनीतिक विचार सिद्धान्त छैन किन कि विचार सिद्धान्त भएको भए प्रचण्ड आज रुखमा भोट मग्दै छन्, शेरबहादुर हँसिया हथौडामा भोट माग्दै छन् , केपि ओली हलोमा भोट माग्दै छन, लिङ्देलहरु सुर्यमा माग्दै छन । त्यसैले यी राजनीतिक दलहरुसंग कुनै नीति सिद्धान्त छैन् । यीनीहरु सवैले जनतालाई झुक्याएरर आफ्नो उदेश्य पूरा गरि रहेका छन् । यस्ता राष्ट्रघाति एमसीसी र साम्राज्यवादका मतियार भएका पार्टीहरुलाई भोट नदिनुस र ससक्त बहिस्कार गर्न सवै जन समुदायलाई आवहान गर्नु भयो । कार्यक्रमको संचालन राजनले गर्नु भएको थियो ।