बाहिर समनता भित्र पीडा उस्तै छ नारी
एक पछि अर्को पीडा सधैं थपिदै भारी
बककाधिन्छे घरकै चुलोचौको र सड.घारमा
देखावटी मुस्कान दिदै भित्र अुाशु झारी
पिडै पीडामा जल्नु पर्ने सलाई हो नारी
लान्छना सहनु पर्ने फोहोर मलाई हो नारी
भित्र बाहिर सबै जिम्मेवारीको बोझ लिने
गोरू जस्तै जोतिने विवश गलाई हो नारी
छचल्किएका अुाशु पुछ्ने रूमाल बनोस् कानुन
बलत्कारीलाई खाल्टो खन्ने कमाल बनोस् कानुन
गुम्सिएका नारी पिडामा शितलता प्रदान गर्ने गरी
अत्यचार चिरफार गर्ने एउटा बबाल बनोस् कानुन
कुनै भूर्ण लिड.गकै आधारमा तुहिन नपरोस्
छोरी जन्माएकै आधारमा अुाशु चुहिन नपरोस्
सन्तान दुवै समान नारामा होइन व्यवहारमा हेर्न
नारीका इच्छा चाहना पूरा नभई कुहिन नपरोस्
पोखरा लामाचौर
२०७८÷फाल्गुण २४






























