बर्दियामा प्रहरी दमनकाबीच क्रान्तिकारीहरुद्धारा जिल्ला प्रशासन घेराउ

बर्दियामा प्रहरी दमनकाबीच क्रान्तिकारीहरुद्धारा जिल्ला प्रशासन घेराउ

८ फाल्गुन बर्दिय ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले फागुन ८ गते प्रहरी दमनको सामना गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
नेकपा (क्रान्तिकारी माओवादी) लगायत ६ दल र दुई मोर्चाको आयोजनामा गुलरियाको राधाकृष्ण चोकबाट जुलुस प्रदर्शन सुरुभइ बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध सभा सम्पन्न भएको छ ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेज आन्दोलनको निरन्तरताको कार्यक्रमको संचालन नेकपा नेता शक्तिले गर्नु भएको थियो । उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी)का पिवीएम एवं लुम्बिनी प्रदेश सचिव भुपेन्द्र न्यौपानेले सम्बोधन गर्नु भएको थियो । सम्वोधनका क्रममा भुपेन्द्र न्यौपानेले एमसीसी खारेज नभएसम्म सबै पार्टीभित्र रहेका देशभक्त क्रान्तिकारीहरुले देशको स्वाधीनताको रक्षाका लागि विरोध प्रदर्शन र संघर्षलाई थप सशक्त बनाउँदै लैजानु पर्ने नेता न्यौपानेले बताउनु भयो ।
साथै नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य हिमशिखर र देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल बर्दियाका अध्यक्ष बिक्रम भण्डारीले पनि मन्तव्य राख्नु भएको थियो ।