राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि बाँकेमा संघर्षरत आठ दलद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि बाँकेमा संघर्षरत आठ दलद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

फागुन ८ बाँके ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले बाँकेमा फागुन ८ गते प्रहरी दमनको सामना गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।
देउवाको पाँच दलीय गठवन्धन सरकारले एमसीसी पास गर्ने तयारीका विरुद्ध संघर्षरत ै आठ राजनीतिक दलले आन्दोलनलाई थप उचाईमा पुर्याउन जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम गरेका हुन ।
उक्त मोर्चाको आयोजनामा नारा,जुलुस प्रदर्शन सहित नेपालगन्ज बजार परिक्रमा पश्चात जिल्ला प्रशासन कार्यालय घेराउ गरेर विरोध सभा सम्पन्न भएको छ ।
उक्त विरोध कार्यक्रमको संचालन नेकपाका कृष्ण शाहीले गर्नु भएको थियो । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका तेज बिक्रम शाही,देजमो नेपाल केन्द्रीय सदस्य लक्ष्मी चौलागाई, नेकपा माओवादी केन्द्र समाजवादीका सुकै लाल, नेकपा मसालका जगदिश ढकाल र नेकपाका दिपक चलाउनेले सम्वोधन गर्नु भएको थियो ।