फागुन ९ काठमान्डौ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष ईश्वर तिमिल्सिनाव्दारा एमसीसी विरोधी आन्दोलनको मोर्चालाई अझै सशक्त पार्नुपर्ने आबस्यकतालाइ जोड दिदै एमसीसी विरोधी आन्दोलनमा गिरफ्तार साथीहरूको ससम्मान रिहाई,घाइते योद्धाहरुको उपचार र प्रहरी दमन बन्द गर्न जोडदार माग गरिएको छ । यसवारे उहाँले निम्न विज्ञप्ति प्रकाशित गरी यो कुरा राख्नु भएको हो ः
बिषय ः प्रेस बिज्ञप्ती
अमेरिकी रक्षा रणनीतिको अंगको रुपमा अगाडि सारिएको ःऋऋ परियोजना विरुद्ध आयोजित आजको बिरोध कार्यक्रममा गृह प्रशासनद्वारा व्यापक बल प्रयोग गर्ने क्रममा थुप्रै साम्राज्यवाद बिरोधि देशभक्त,क्रान्तिकारी तथा जनवादी एवं वामपन्थी योद्धाहरु घाइते हुनुका साथै दर्जनौं गिरफ्तार हुनुभएको छ ।
यसै क्रममा नेपाली मजदुरहरुको प्रिय एवं गौरवशाली संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ महासचिव तथा मजदुर बिद्रोहकि सम्पादक सुनिता बुढाथोकी लगायत थुप्रै देशभक्त योद्धाहरुलाई गिरफ्तार गरि हिरासतमा लिएको घटनाको हामी घोर बिरोध र फासिस्ट शैलीमा प्रहरी तथा गृह प्रशासनद्वारा अगाडी बढाइरहेको दमनकारी गतिविधिको निन्दा एवं भत्सर्ना गर्दछौं ।
अमेरिकी साम्राज्यवादको लाचार छाँया बन्दै गरेको कार्यपालिका संसदमा अनुमोदनका निम्ति टेबुल गरिएको यो परियोजना सम्बन्धमा गरिने संसदीय बहस केबल प्रहसन सिवाय केही होइन भन्ने सुस्पष्ट छ।बरु वैदेशिक प्रतिक्रियावादीहरुको निर्देशनमा अध्यारा कोठाहरुमा गरिएका षड्यन्त्रकारी योजना कार्यन्वयन गर्ने कला बिहिन नाटक मन्चन गर्न खोजिदैछ ।
यस्तो अबस्थामा सच्चा देशभक्त,बामपंथी तथा जनवादी शक्तिहरुले अगाडी बढाइरहेको आन्दोलनमा अझ सशक्त ढंगले कृयशिल हुनु आजको ऐतिहासिक आबस्यकता भएको छ ।त्यसैले हाम्रो संगठन ःऋऋ अस्वीकार गर्न, गिरफ्तार साथीहरूको ससम्मान रिहाई,घाइते योद्धाहरुको उपचार र प्रहरी दमन बन्द गर्न जोडदार माग गर्दै
आन्दोलनको मोर्चालाई अझै सशक्त पार्नुपर्ने आबस्यकतालाइ जोड दिन चाहन्छौं।
ईश्वर तिमिल्सिना
२०७८ फाल्गुन ८