नेकपा(मसाल) र राजमो दुवै सिद्धान्त, विचारका दृष्टिले नेकपा (मसाल) लाई नेपाली कम्युनिस्ट आनदोलनमा आधारभूत रूपमा क्रान्तिकारी कम्युनिस्ट, सिद्धन्तनिष्ट कम्युनिस्टको रूपमा विश्लेषण गर्ने गरिन्छ । यसका पछाडि उसले लिएको क्रान्तिको रणनीतिक लक्ष्य र उद्येश्य हो । तर उक्त घोषित क्रान्तिको रणनीतिक लक्ष्य र उद्येश्य प्राप्त गर्न उसले अपनाउने गरेको कार्यनीति र कार्यशैली दक्षिणपन्थी संशोधनवादी संसदवादी रहंदै आएको छ ।
यति लामो समयसम्म नेकपा(मसाल)ले नेपालमा नयाा जनवादी क्रान्ति प्राप्त गरी वैज्ञानिक समाजवाद र साम्यवाद तर्फमो मार्गलाई अगाडि बढाउने कार्यनीति अपनाउन चाहेन । सधैभरी त्यसकै गोचक्करमा बाँधी रहयो । आजसम्म उसले अपनाएको कार्यनीति र कार्यदिशा उसले लिएको रणनीति र सिद्धान्तलाई प्राप्त गर्न मदतगार कहिल्यै बनेन । कार्यनीतिको सही चयनमा नेकपा(मसाल)ले सधैभरी गल्ती गर्दै आएको छ । २०५१ प्छि त नेकपा (मासल)ले संसदमा भाग लिनेलाई एउटा र्ससदवादी कम्युनिस्टभन्दा फरक हुन सकेन । कार्यनिितको नाममा रणनीति नै त्यसैलाई बनाउदै लग्यो ।
नेकपा(मसाल)को क्रान्तिको मार्गदर्शक सिद्धान्त, विचार र रणनीतिक लक्ष्य तथा उद्येश्य आधारभूत रुपमा क्रान्तिकारी रहेको तर जब त्यसको प्राप्ती कसरी गर्ने भन्ने सही कार्यनीतिको प्रश्नमा सधैभरी अल्मलाउने खालको र सधै गलत कार्यनीति अपनाउने गरेको पाइन्छ ।
चौथो माहधिवेशनमा करीव दशवर्षसम्म देशभक्त जनतान्त्रिक शक्तिको सरकार भनेर मोहनविक्रम सिंहले त्यसको विरोध गर्नेलाई अनेकौ आरोप लगाउने, विभिन्न टयाग भिराउने काम गर्नु भयो तर पछि गएर त्यसलाई उहाँले फिर्ता लिंदा विगतमा आफूबाट भएको गल्तीको आत्मआलोचनासम्म नगरेको इतिहास छ । करीव दशवर्षसम्म देशभक्त जनतान्त्रिक शक्तिको सरकार भनेर उहाँले अगाडि सारेको कार्यनीतिक नारा क्रान्तिको मार्गदर्शक सिद्धान्त, विचार र रणनीतिक लक्ष्य तथा उद्येश्यको प्राप्तमा बाधक थियो, भयो ।
त्यसैगरी २०५१सालदेखि लगातार संसदीय व्यवस्थामा भागलिंदा सुरुमा त संसदीय व्यवस्थाको भण्डाफोरका लागि भनेर कार्यकर्तालाई लामो समयसम्म भ्रममा राखेर क्रमसः नेकपा(एमाले)को बैशाखीमा जसरी नी संसदमा जाने नीति (भन्दा कार्यनीति तर सहीरुपमा रणनीति) अपनाउनु भयो ।
संसदमा लामो समयदेखि भागलिएको सरकारमा पनि भाग लिएको, नेपालको संविधान २०७२को रक्षा र त्यसको सुदृढकरण गर्नेवारे चिन्तित नेकपा( मसाल) र त्यसको वैधानिक मोर्चा राजमो खोलेर नेकपा(मसाल)लाई अर्धभूमिगत राखेको तर पार्टी विकास र संघर्षका रुप सधै बैधानिक घेराभित्रमात्रै सिमित रख्दै आएको यथार्थ हो । अनि त्यसवारे पार्टीमा बहस उठाउने कमरेडहरु, जसले पार्टीको कार्यदिशा र कार्यनीतिमा विचलन आयो भनेर त्यसवारे प्रश्न उठायो कि त्यसलाई शत्रुतापूर्ण व्यवहार गर्न सुरु गर्ने । यस्तो कार्यशैली उहाँमा रहँदै आएको गैर क्रान्तिकारी कार्यशैली र कार्यनीतिको परिणाम हो ।
त्यसैले उहाँसंग काम गरेका क्रान्तिकारीहरुले कार्यनीततिमै मदभेद देखाउन थाले भने त्यसैलाई नै रणनीतिक लक्ष्य, उद्येश्यमा देखीएको भिन्ताका रुपमा व्याख्या र विश्लेषण गर्ने मात्रै होइन कुनै न कुनै विल्ला जस्तै निर्मल लामालाई सिआइडी, पुष्पलाललाई गद्दार, सूर्यनाथ यादव, जयगोविन्द शाहा, र अहिले आठौ महाधिवेशनमा मतभेद राख्नेहरुमाथि उहाँले गरेको व्यवहार र कार्यशैलीआदि केही यसका उदाहरणहरु हुन ।
अहिले पनि कम्युनिस्ट आन्दोलनको इतिहासमा मोहनविक्रम सिंहले क्रान्तिको मार्गदर्शक सिद्धान्त, विचार र रणनीतिक लक्ष्य तथा उद्येश्यवारे तुलनात्मक रुपले सही बोल्ने र लेख्ने तर कार्यनीतिको छनोटमा सधैभरी गलत दिशातर्फ लैजाने कार्यनीतिको छनौट , यो क. मोहनविक्रम सिंहले सचेतनापूर्वक गर्दै आएको क्रान्तिविरोधी चरित्रको परिणाम हो भन्ने आधार बलियो देखिएको छ ।
अहिले पनि नेकपा(मसाल) उसको राजमोमार्फत पार्टी पाँचदलीय गठवन्धनमा सरकार सञ्चालनको उच्च तहमा बसेको छ तर पार्टीलाई सरकार बाहिरको हो भन्नु एउटा केटौले तर्क मात्रै हो । फेरी वर्तमानमा राजमो दुइवटा भएका छन्—चित्रबहादुर के.सी.नेतृत्वको राजमो र सोही पार्टीबाट कार्यवाही गरिएका कमरेडहरुले खोलेको कृष्णराज पौडेल नेतृत्वको राजमो ।
यी दुइृको फरक के होला ? एउटा सरकार सञ्चालनका लागि गठित पाँचदलीय गठवन्धनको एउटा दल अर्को त्यसका विरुद्ध अन्तरपार्टी सञ्चालनगर्दा मोहनविक्रम सिंहव्दारा अनुशासनको कारवाहीमा परेर, उक्त कार्यका विरुद्ध विदेहको झण्डा बोकेको शक्ति । त्यसअर्थमा पाँचदलीय गठवन्धनमा रहेकोलाई सरकारी राजमो भन्दा मसालका कार्यकर्ता यसलाई पूर्वाहाग्राही भयो भनेर पाँच हात उफ्रन्छन् ।
मूल कुरात आधारभूत रुपमा क्रान्तिकारी कम्युनिस्ट हुनका लागि क्रान्तिको मार्गदर्शक सिद्धान्त, विचार र रणनीतिक लक्ष्य तथा उद्येश्यवारे आवश्यक सही कार्यनीति चाहीदो रहेछ भन्ने त स्वयम् मोहनविक्रम सिंहको यति लामो राजनीतिक यात्रामा उहाँबाट सही कार्यनीतिलाई पहिचान गर्न सधै असफल भएको र सोही कार्यनीतिलाई लिएर वारम्वार पार्टीमा विभाजन आएको ऐतिहासिक यथार्थता हो ।
विगतका लागि राजाको वैधानिक वा निरङ्कुश शासनको ठाउँमा लोकतान्त्रिक गणतन्त्र तुलनात्मक रुपले प्रगतिशील व्यवस्था हो र कम्युनिस्टहरु प्रगतिशील व्यवस्थातर्फ अगाडि बढदछन् । तर अहिलेका लागि त्यही भनाइलाई छेपारोले झिक्रो समातेझै अबको कम्युनिस्ट आन्दोलन त्यसमा रोकिएर त्यही नारा फलाकि रहने की यो समग्र संसदीय व्यवस्था, जो दलाल एकाधिकार पुँजीवादको राजनीतिक आधार भएको छ, लाई प्रतिक्रियावादी व्यवस्थाको रुपमा घोषणा गर्दै यसको विकल्प जनगणतान्त्रिक शासन व्यवस्थाको प्राप्तीका लागि आन्दोलनको नेतृत्वगर्ने एकतावद्ध कम्युनिस्ट पार्टीको विकास गर्ने ? वर्तमानको अहम् प्रश्न हो ।
त्यसकारण पाँचदलीय गठवन्धनलाई एउटा प्रतिक्रियावादी गठवन्धन घोषणा गर्दै र समग्र संसदीय व्यवस्थाको विकल्पमा र क्रान्तिकारीले लिने सही कार्यनीतिक जनगणतन्त्रको स्थापना गर्ने खालका कार्यनीतिहरुको चयन अहम् प्रश्न हो ।
तर अहिले पनि नेकपा(मसाल)ले त्यही गल्ती गरिरहेको छ । त्यो भनेको नेपालबाट कम्युनिस्टलाई ध्वस्त पार्ने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तरावादको खुफीया एजेन्सी रअको ग्रान्डडिजाइनमा पालित पोषित केपीओलीको प्रतिक्रियावादी फासिवादी कम्युनिस्ट विरोधी प्रतिगमनकारी शक्ति नेकपा(एमाले), र अर्को शक्ति नेपाली काँग्रेस, यी दुवै क्रान्तिकारीका लागि प्रतिक्रियावादी राजनीतिक शक्ति हुन, तिनलाई कहिले एक त कहिले अर्कोलाई देशभक्त, वामपन्थी र प्रजातन्त्रवादी देख्ने र उनीहरुको असली रुपलार्इृ जनताको नजरमा ओझेल पारिदिने काम मोहनविक्रम सिंहले गर्दै आउनु भएको छ ।
अहिले लामो समयदेखि केपी ओली नेतृत्वको नेकपा(एमाले)लाई र मूलतः केपी ओलीलाई राष्ट्रवादी वामपन्थी भन्दै आएको नेकपा(मसाल) नेतृत्वले अहिले नेकपा(एमाले)लाई प्रतिगमनकारी शक्ति भनेर तत्कालका लागि एउटा सही काम त गर्न पुग्यो तर त्यसलाई अझ ओझेलमा पार्नेगरी नेपालको अर्को कम्युनिस्ट विरोधी प्रतिक्रियावादी शक्ति नेपाली काँग्रेसको नेतृत्वको सरकार संचालनमा गठित पाँचदलीय गठवन्धनमा सहभागि बन्न मात्रै पुगेन नेकपा(मसाल)का महामन्त्री क. मोहनविक्रम सिंहले आफ्ना लेख तथा अन्तरवार्ताहरुमा नेपालको संविधान २०७२, संसदीय व्यवस्था र पाँचदलीय गठवन्धनको वारेमा जसरी यिनीहरुको आवश्यकता र महत्ववारे सकारात्मक पक्षमा व्याख्या र विश्लेषण गरेर नेपाली जनता र आफनै कार्यकर्ताका विचमा ल्याइरहनु भएको छ, त्यसले क्रान्तिलाई नभई तिनै प्रतिक्रियावादी र प्रतिगानकारी राजनीतिक शक्तिहरुलाई नै मदत पुग्ने काम भएको छ ।
एउटा क्रान्तिकारी कम्युनिस्टका लागि पाँचदलीय गठवन्धन क्रान्ति विरोधी र कम्युनिस्ट विरोधी गठवन्धन नै हो । र उक्त गठवन्धनमा मालेमालाई क्रान्तिको मार्गदर्शक सिद्धान्त, विचार र रणनीतिक लक्ष्य तथा उद्येश्य राख्ने नेकपा(मसाल) किन र केका लागि संसदीय व्यवस्थाको लागि गरिने नर्विाचनलाई कार्यनीतिक सवाल भन्ने तर व्यवहारमा त्यसलाई रणनीतिक बनाउने र पाँचदलीय गठवन्धनमा सहभागि भएको छ, त्यसवारे उहाँकै पार्टीभित्र बहस चलाउन खोज्ने फरक मतका पार्टी सदस्यहरुमाथि कारवाही गरेर पार्टीलाई विभाजन गरेर भए पनि संसदीय व्यवस्था र वर्तमान पाँचदलीय गठवन्धनलाई महत्वदिनु यो आफैमा क्रान्तिकारी काम नभई प्रतिगमनकारी काम हो ।
यही दृष्टिकोणमा क्रान्तिकारीहरुले नेकपा(मसाल) र राजमोको विभाजनलाई यही रुपमा लिनु पर्दछ र आगामि नीर्वाचनमा कति सिट कसरी ल्याउने भनेर होइन, संसदीय भाषमा रुमल्लिएको र अझै रुमल्लिन खोज्ने नेतृत्वको सोंचका विरुद्ध नेकपा(मसाल)भित्रका क्रान्तिकारीले पार्टीलाई एकगठ बनाएर क. मोहनविक्रम सिंहको गलत कार्यनीतिलाई नयाँ दिशा दिनतर्फ जोड दिनु आवश्यक छ ।
एमसीसी खारेजको लागि संघर्ष गर्ने तर त्यसैका लागि दृढ वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार संचालनका लागि गठित पाँच दलीय गठवन्धनमा भने टासिरहने ? यो द्धेध मानसिकताबाट नेकपा(मसाल) तत्काल बाहिर आउनुको विकल्प छैन । संसदीय व्यवस्थाप्रतिको मोह क्रान्तिका लागि उचित होइन ।
राजाको पुनरागमनको दुहाइ दिएर संसदीय व्यवस्थालाई अब पनि दृघकालका लागि संस्थागत गर्ने सोंच अग्रगमन होइन प्रतिगमन नै हो । विगतमा नेकपा(एमाले) र वर्तमानमा नेकाँको नेतृत्वको सरकार, दुवैमा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद दुवैको नेपालमाथिको हैकम र दवाव झन झन मजबुत बन्दै छ, त्यसलाई तोडने खालको कार्यनीतिको विकास कम्युनिस्ट क्रान्तिकारीका लागि अति आवश्यक छ ।
क. मोहनविक्रम सिंहको यस्तोे गलत कार्यनीतिलाई अंंगालेर अवको क्रान्तिको जिम्मेवारी पुरा गर्ने र नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद र साम्यवाद प्राप्त गर्न आवश्यक क्रान्तिकारीहरुको एकताको विकल्प छैन, तर यसका लागि नेकपा(मसाल) आफ्नो संसदीय व्यवस्थातर्फको उसको प्रतिगमनतर्फको दिशा बदल्न आवश्यक छ तर यदी नेतृत्व पाँच दलीय गठवन्धनमै टासिदै गए त्यसभित्रका क्रान्तिकारीहरुको विद्रोहको विकल्प छैन ।
hukumsingh2012@yahoo.com

प्रतिक्रिया

सम्बन्धित खवर