९ फागुन काठमाडौं ।
राष्ट्रघाती एमसीसीको विरोध गर्ने प्रदर्शनकारीमाथि देउवा नेतृत्वको सरकारले क्रुर दमन गरेको छ ।
प्रहरीको दमनले नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का सिटिईभिटि उपत्यका संयोजक नरबहादुर कुमाल भने गम्भीर घाइते भएका थिए । उपाध्यक्ष शिलु न्यौपानेलाई तीघ्रमा नराम्रोसाग चोट पुग्नेगरी प्रहरी कुटेको छ ।
त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहलगायत दर्जनौं घाइते भएका थिए ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका ६ कम्युनिस्ट पार्टी र २ मोर्चा र अन्य पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले क्रुर दमन गरेको थियो ।
संसद भवनभित्र एमसीसी टेबल हुँदै गर्दा संसद भवन बाहिर सडक रणमैदान जस्तै भएको थियो । प्रहरीले अश्रुग्यास, पानीका फोहरा, ढुंगा, लाठी, बुट प्रहार गरी निर्मम दमन गरेको थियो ।
सो क्रममा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बसन्त बोगटी, सुनिता बुढाथोकी, मुकेश र विप्लवलगायत अन्य विभिन्न पार्टी सम्बद्ध नेता कार्यकर्ताहरुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तार गरिएका नेता बोगटी लगायत गिरफ्तार नेता कार्यकर्ताहरुलाई अनामनगरस्थित सिंहदबार प्रहरी परिसरमा राखिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले जानकारी दिनुभयो । अझै पनि उहाँहरूलाई प्रहरी हिरासतमा नै राखिएको छ ।