फागुन १ पोखरा ।
नेपाली जनताले सामन्ती राज्यसत्ता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी, विस्तारवादी हस्तक्षेप र सबैप्रकारका विभेदबाट मुक्तिका लागि हतियार उठाएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको उक्त अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) कास्की जिल्लाले आयोजना गरेको २७ औ महान जनयुद्ध दिवस पोखरामा भब्यरुपमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्यूरो सदस्य एवं गण्डकी प्रदेश समिति सेक्रेटरी केश वहादुर परियारले जनयुद्धको मूल नेतृत्वको रुपमा रहेका नेताहरुको घोर दक्षिणपंथी संशोधनवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृत्तिका कारण जनयुद्धले सफलता प्राप्त गर्न सकेन । प्रतिक्रियावादी संसदीय व्यवस्थालाई बदल्नका लागि दशवर्ष जनयुद्ध गरे उनै अहिले त्यही व्यवस्थाको संरक्षक बनेर घरेलु प्रतिक्रियावाद र साम्राज्यवादको दलाली गरेर आफ्नो राजनीतिक अस्तित्व जोगाईरहेका छन् ।
नेपाली क्रान्तिले ठूलो धक्का खाएको भए पनि क्रान्ति यक्तिकै रोकिने वाला छैन । जनयुद्धका उपलब्धीहरुको रक्षा गर्दै, विश्व सर्वहारा क्रान्तिले प्राप्त गरेका सकारात्मक र नकारात्मक उपलब्धीहरुबाट शिक्षा लिदै माक्र्सवाद—लनिनवाद—माओवादलाई हाम्रो देशको अनुकूलतामा सृजनात्मक प्रयोग गरी नेपाल कम्यनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपालमा सर्वहारा श्रमजीवि वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्तिलाई सफल पार्दै जनवादी राज्यब्यवस्था स्थापनाको लागि क्रान्तिकारी नीति र कार्यक्रम अगाडी सारेको छ । आज २७ औं महान जनयुद्ध दिवसको अवसरमा स्वतन्त्र रुपमा क्रियाशिल क्रान्तिकारीहरु र स्वतन्त्र वामपंथी ब्यक्तित्वहरुलाई परिवर्तनको आन्दोलनमा सकृय रुपमा अगाडी बढ्न सबैलाई आब्हान गर्नु भयो ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुमा नेकपा (क्रान्तिकारी माओवादी) गण्डकी प्रदेश समितिका सदस्य एवं देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रिय सल्लाहाकार भिमवहादुर श्रीस, प्रदेश समितिका सदस्य एवं अखिल नेपाल छन्त्याल राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष वमवहादुर छन्त्याल, प्रदेश समितिका सदस्य एव नेपाल राष्ट्रिय प्राध्यापक संगठनका उपाध्यक्ष परशुराम कोइरालाले महान जनयुद्धका उपलब्धीहरु र जनयुद्धलाई विचैमा धोका दिने गद्दारहरुलाई समाप्त पार्नु पर्ने कुरामा जोड दिनु भयो ।
कास्की जिल्लाको पोखरा आयोजित २७ औ महान जनयुद्ध दिवस कार्यक्रको अध्यक्षता नेकपा (क्रान्तिकारी माओवादी) कास्की जिल्ला समितिका सेक्रेटरी कमरेड कणर् पुनले र कार्यक्रमको सञ्चालन प्रदेश समितिका सदस्य, अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रिय सदस्य एवं संगम साँस्कृतिक मञ्चका अध्यक्ष कमरेड काजीबाब श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा पार्टीका विभिन्न तहमा कार्यरत कमरेडहरु, विभिन्न जबस मोर्चामा कार्यरत नेता कार्यक्रर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।