उपत्यकाका तीन स्थानमा क्रान्तिकारी माओवादीको मशाल जुलुस, अमेरिकी दूताबासको गेट र मन्त्रीक्वार्टरको गेटबाट पीवीएम दिनेश शर्मासहित दर्जनौं गिरफ्तार

उपत्यकाका तीन स्थानमा क्रान्तिकारी माओवादीको मशाल जुलुस, अमेरिकी दूताबासको गेट र मन्त्रीक्वार्टरको गेटबाट पीवीएम दिनेश शर्मासहित दर्जनौं गिरफ्तार

काठमाडौं । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)ले उपत्यकाका तीन स्थानमा मशाल जुलुस निकालेको छ । मशाल जुलुसको क्रममा क्रान्तिकारी माओवादीका पीवीएम दिनेश शर्मासहित दर्जनौं नेता कार्यकर्ताहरु गिरफ्तार परेका छन् ।


पार्टी पीवीएम दिनेश शर्मा सागरको नेतृत्वमा महाराजगञ्च चक्रपथबाट अमेरिकी दुताबासको गेटसम्म निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी दुताबासको गेटबाट नेता सागरसहित केन्द्रीय सदस्यहरु फुर्नाम्गेल मोक्तान, इश्वर तिमिल्सिना, बसन्त बोगटी, युवराज, अर्जुन,  प्रविन.,  सुनिता, विष्णु बुढाथोकी,  रोशन, राजकुमार, शोभिता, केदार, राजकुमार थापा, रोशन कार्की, कुमार खाति, अनुश बिसि, प्रेम बुढाथोकी लगायत १८ जनालाई गिरफ्तार गरेको छ ।

त्यसैगरी पीवीएम प्रभाकिरणको नेतृत्वमा ललितपुरको पुलचोकस्थित ओभरहेड ब्रिजबाट हरिहरभवन स्थित मन्त्रीक्वार्टरसम्म निकालिएको मसाल जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरी ललितपुर जिल्ला इन्चार्जसमेत रहेका कृष्णभक्त महर्जन, अमीर महर्जन, हरि विक, सुन्दर श्रेष्ठ, दया श्रेष्ठ, दिनेश लामा,रामशरण केसीलगायत नौजानालाई प्रहरीले गिरफ्तार गरेको छ ।

यता थापा गाउँदेखि संसद भवनको गेटसम्म पीवीएम प्रवेशको नेतृत्वमा निकालिएको मसाल जुलसमा भने प्रहरीले हस्तक्षेप गर्न नभ्याएको नेता प्रवेशले जानकारी दिनुभयो । गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुलाई भौतिक यातना समेत दिएको जानकारीमा आएको भन्दै नेता प्रवेशले प्रहरी दमनको कडा विरोध गर्नुभएको छ ।